आठौं राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिपमा खुसी, गजेन्द्र र अभिषेक च्याम्पियन | Khabarhub Khabarhub

आठौं राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिपमा खुसी, गजेन्द्र र अभिषेक च्याम्पियन


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – आठाैं राष्ट्रिय स्केटवोर्ड च्याम्पियनसिप २०८२ का विभिन्न तीन विद्यामा खुसी, वसन्त राई र अभिषेक च्याम्पियन भएका छन् । नेपाल स्केटिङ तथा स्केट बोर्डसंघद्धारा वार्षिकरुपमा आयोजना हुने गरेको सो च्याम्पियनशिपमा महिला खुलातर्फ खुसी विकले प्रथम, लेमन मगरले दोस्रो र समिक्षा राईले तेस्रो स्थान प्राप्त गरिन ।

यस्तै खुला पुरुषतर्फ गजेन्द्र वर्देवा ले प्रथम, शरद राईले दोस्रो र वसन्त राईले तेस्रो स्थान हाँसिल गरे । यस्तै गरेर पुरुष जुनियरतर्फ अभिषेक परियार प्रथम, अंकित विक दोस्रो र अविनाश कुमाल तेस्रो भएको स्केटिङ तथा स्केट बोर्डसंघका महासचिव सत्य थापाले बताए ।

तीनवटै विद्याका विजेता खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल स्केटिङ तथा स्केट बोर्डका अध्यक्ष अच्युत खनाल, संघका सल्लाहकार तथा प्रशिक्षक दिलिपराज बराल लगायतले नगद पुरस्कार, शिल्ड मेडल, र प्रमाणपत्र वितरण गरेका थिए ।

खुलातर्फको प्रतियोगिताका प्रथमले २५ हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार रुपियाँ पुरस्कार पाएका थिए । यस्तै जुनियरतर्फ प्रथमले १० हजार, दोस्रोले पाँच र तेस्रोले तीन हजार रुपियाँ पुरस्कार हात पारेका छन् ।

यसअघि शनिबारै विहान सो च्याम्पियनशिप २०८२ को उद्घाटन गर्दे राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव टंकलाल घिसिङले ओलम्पिकमा जित्ने गरेर तयारी गर्न खेलाडीलाई आग्रह गरेका थिए ।

प्रमाणपत्र वितरण गर्दे ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ पनि ओलम्पिक कमिटीको सदस्य संघ भएकोले अब नेपाल स्केटिङ तथा स्केट बोर्ड अन्तरगतका खेलाडीले विभिन्न तहका प्रतियोगितामा सहभागी हुने अवसर पाउने बताए ।

सो च्याम्पियनशिप अन्र्तगत शुक्रबार विभिन्न प्रदेशहरुबाट छनौट चरणका खेलहरु भएका थिए । सोही छनौट चरणबाट प्रत्येक समूहबाट १६/१६ जना फाइनल चरणका लागि छनौट भएका थिए । सोही १६/१६ जना खेलाडीबाट शनिबारको च्याम्पियनशिपबाट विजेता भएका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ९ : १६ बजे

कृष्णभीरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

धादिङ – धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा मोटरसाइकल दुर्घटना हुँदा

सरकारले शिक्षकलाई तत्काल कार्यस्थल फर्काउने वातावरण बनाउनुपर्छ : पोखरेल

काठमाडौं – प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले सरकारले

बुटवलमा गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै

चितवन – रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा शनिबार गोली लागेर घाइते

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित

सिरहा – सिरहा नगरपालिकामा गत माघ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत

सामाजिक सञ्जाल नियन्त्रण गर्ने तयारीमा सरकार, ४ वर्षदेखि फेसबुकमाथि प्रतिबन्ध लगाएको युगाण्डाबाट के सिक्ने ?

काठमाडौं– सरकारले फेसबुकलगायत सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन जारी गरेको