एमाले कञ्चनपुरकी अध्यक्ष बुढा सवारी दुर्घटनामा घाइते « Khabarhub

एमाले कञ्चनपुरकी अध्यक्ष बुढा सवारी दुर्घटनामा घाइते


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


954
Shares
  • change font
  • change font
  • change font

धनगढी – नेकपा एमाले कञ्चनपुरकी अध्यक्ष लक्ष्मी बुढा सवारी दुर्घटनामा परेकी छन् । बुढा सवार सुपप्र ०२००४ प २६९९ स्कुटरलाई पूर्वपश्चिम राजमार्ग अन्तरगत शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा शनिबार बिएई ०२९८ नम्बरको कारले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक बिरबहादुर बोहराले बुढा धनगढी तर्फ आइरहेको बेला उनी सवार स्कुटरलाई सोही दिशातर्फ आइरहेको कारले ठक्कर दिँदा घाइते भएको बताए ।

बुढाको टाउको र दायाँ हातमा चोट लागेको छ । प्रहरी निरीक्षक बोहराका अनुसार अहिले उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको बताए ।

कार र चालक धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोक बस्ने ४५ वर्यीय राम बहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ९ : ४८ बजे

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक

राप्रपाका उम्मेदवार भण्डारीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का उम्मेदवार डा सुरेन्द्र सुरेन्द्र भण्डारीलाई

पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं – पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको

के अक्षय खन्ना ‘रेस ४’ को हिस्सा बन्नेछन् ?

काठमाडौं – बलिउड फिल्म ‘धुरन्धर’ मा अक्षय खन्नाको दमदार अभिनयले