इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु « Khabarhub

इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

इजरायल – केही दिन अघि गाजामा भीषण हवाई आक्रमण सुरु गरेको इजरायलले आइतबार रातिदेखि जमिन आक्रमण सुरु गरेको छ। रातभरको आक्रमणमा १५१ जनाको ज्यान गएको जनाइएको छ। त्यहाँ अस्पताल पनि बन्द भएको जनाइएको छ।

गाजामा शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय निकाय सक्रिय रहेको समयमा यो आक्रमण भएको हो। शनिबार हमास र इजरायली अधिकारी बिच दोहामा अप्रत्यक्ष वार्ता सुरु भइसकेको छ।

आइतबार इजरायलले हमासले आत्मसमर्पण गर्नुपर्ने कुरा राखेको थियो। हमास यस विषयमा सहमत हुनसक्ने सम्भावना देखिएको छैन। यस अघि नै हमासले ६० दिनको युद्ध विराम तथा तीन जना प्यालेस्टाइनीलाई इजरायली जेलबाट छाड्ने शर्तमा ७ देखि ९ जना बन्दी रिहाइमा सहमत भएको समाचार प्रकाशमा आएको थियो।

त्यसको केही घण्टापछि नै हमासका वरिष्ठ नेता अबु जहारीले त्यस हल्लामा कुनै सत्यता नभएको जनाएका थिए। शुक्रबार इजरायलले शुक्रबार गरेको गाइडियोन्स चारिटियोसको नामको अपरेसनले हमासलाई वार्तामा ल्याउनका लागि दबाब हुने जनाइएको छ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ८ : ३१ बजे

पूर्णबहादुर र शेखरले गगनसँग खोजेको के हो ?

काठमाडौँ– दुई समूहको विवाद भुसको आगो झैँ सल्किरहेका बेला केही

परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा

बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण

जलेश्वर– जिल्लाको भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई आज

शेखरको आरोप : कोइराला निवासमै पसेर गगनले कारबाहीको धम्की दिए, कांग्रेसमा निरंकुशता सुरू भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रको स्थापना र

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु