इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु « Khabarhub

इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

इजरायल – केही दिन अघि गाजामा भीषण हवाई आक्रमण सुरु गरेको इजरायलले आइतबार रातिदेखि जमिन आक्रमण सुरु गरेको छ। रातभरको आक्रमणमा १५१ जनाको ज्यान गएको जनाइएको छ। त्यहाँ अस्पताल पनि बन्द भएको जनाइएको छ।

गाजामा शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय निकाय सक्रिय रहेको समयमा यो आक्रमण भएको हो। शनिबार हमास र इजरायली अधिकारी बिच दोहामा अप्रत्यक्ष वार्ता सुरु भइसकेको छ।

आइतबार इजरायलले हमासले आत्मसमर्पण गर्नुपर्ने कुरा राखेको थियो। हमास यस विषयमा सहमत हुनसक्ने सम्भावना देखिएको छैन। यस अघि नै हमासले ६० दिनको युद्ध विराम तथा तीन जना प्यालेस्टाइनीलाई इजरायली जेलबाट छाड्ने शर्तमा ७ देखि ९ जना बन्दी रिहाइमा सहमत भएको समाचार प्रकाशमा आएको थियो।

त्यसको केही घण्टापछि नै हमासका वरिष्ठ नेता अबु जहारीले त्यस हल्लामा कुनै सत्यता नभएको जनाएका थिए। शुक्रबार इजरायलले शुक्रबार गरेको गाइडियोन्स चारिटियोसको नामको अपरेसनले हमासलाई वार्तामा ल्याउनका लागि दबाब हुने जनाइएको छ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ८ : ३१ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी