‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’ « Khabarhub

‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले हिमाली क्षेत्रका जोखिमयुक्त बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न ढिलाइ गर्न नहुने बताएका छन् । 

सामाजिक सञ्जालमार्फत उनले हुम्लाका नाम्खावासी पहिरोका कारणले घरवारविहीन बन्न पुगेकाले सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने बताए । 

‘जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेको र पर्नसक्ने असरका बारेमा सगरमाथा संवाद चलिरहेका बेलामा हुम्लाको नाम्खावासी पहिरोका कारणले घरवारविहीन बन्न पुगेका छन्’, उनले भनेका छन्, ‘अब ढिलो नगरी हिमाली क्षेत्रका जोखिमयुक्त बस्तीको पहिचान गरेर सुरक्षित स्थानमा स्थानान्तरणका लागि योजना बनाउनु आवश्यक छ ।’

महासचिव पोखरेलले स्थानान्तरणका लागि सुरक्षित क्षेत्र पहिचान गरेर वन क्षेत्र र संरक्षण क्षेत्रबाट अलग गरी सुरक्षित बस्ती विकासको योजना अघि बढाउनुपर्नेमा जोड दिएका छन् । 

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  १ : ०२ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका