सरकारले केही काम गर्न सकेन भनेर निराशा बाँड्ने काम भयो : महेश बर्तौला « Khabarhub

सरकारले केही काम गर्न सकेन भनेर निराशा बाँड्ने काम भयो : महेश बर्तौला


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले सरकारले केही काम गर्न सकेन भनेर निराशा बाँड्ने काम भएको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बर्तौलाले संसद्को समग्र प्रभावकारिताका लागि सिङ्गो संसद् र सबै राजनीतिक दलहरू जिम्मेवार हुनुपर्नेमा सदनबाटै सरकारले केही काम गर्न सकेन भनेर निराशा बाँड्ने काम भएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले केही सांसदहरूबाट संसद् अर्थहीन भयो भन्ने बिचार नियोजित ढंगले आउने गरेको भन्दै सबै जिम्मेवार हुनुपर्ने उल्लेख गरे  । 

सत्तापक्ष र प्रतिपक्ष संसदीय प्रणालीमा स्वाभाविक रहे पनि सरकारमा नभएका कारण अनावश्यक रूपमा प्रतिपक्षीले गर्ने टिप्पणी देशका लागि उचित नभएको उनले बताए । 

सांसद बर्तौलाले सबै स्वरोजगारहरूलाई सामाजिक सुरक्षाकोमा जोड्ने गरी प्रभावकारी बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  १ : ४५ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका