जलवायु परिवर्तनका असर न्यूनीकरणमा संयुक्त राष्ट्रसंघ सहकार्य गर्न तयार « Khabarhub

जलवायु परिवर्तनका असर न्यूनीकरणमा संयुक्त राष्ट्रसंघ सहकार्य गर्न तयार


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रमका प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट गरेका छन् ।

भेटमा संयुक्त राष्ट्र संघका प्रतिनिधिले आगामी दिनमा जलवायु परिवर्तनले शहरी क्षेत्रमा पार्ने असर कम गर्नका लागि हुने कार्यक्रमहरुमा संयुक्त राष्ट्रसंघकातर्फबाट शहरी विकास मन्त्रालयसँग आवश्यक सहकार्यमा सकारात्मक रहेको बताएका छन् ।

सोमबार शहरी विकास मन्त्रालयमा भेटमा नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिंगर ह्याम्डी, संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रमको एसिया प्रशान्त क्षेत्रीय निर्देशक डेचेन छिरिङ, जलवायु परिवर्तन कार्यक्रम संयोजक अबान मार्कर सहभागी थिए ।

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनले नेपालमा पारेको असर, शहरी क्षेत्रले भोगिरहेको अनपेक्षित चुनौती बारे चर्चा गरे । उनले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्न चाहेको बताए । सो क्रममा शहरी वातावरण अनुकूलन कार्यक्रम र राष्ट्रिय रुपरेखाको विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  २ : २९ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी