जलवायु परिवर्तनका असर न्यूनीकरणमा संयुक्त राष्ट्रसंघ सहकार्य गर्न तयार « Khabarhub

जलवायु परिवर्तनका असर न्यूनीकरणमा संयुक्त राष्ट्रसंघ सहकार्य गर्न तयार


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रमका प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट गरेका छन् ।

भेटमा संयुक्त राष्ट्र संघका प्रतिनिधिले आगामी दिनमा जलवायु परिवर्तनले शहरी क्षेत्रमा पार्ने असर कम गर्नका लागि हुने कार्यक्रमहरुमा संयुक्त राष्ट्रसंघकातर्फबाट शहरी विकास मन्त्रालयसँग आवश्यक सहकार्यमा सकारात्मक रहेको बताएका छन् ।

सोमबार शहरी विकास मन्त्रालयमा भेटमा नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिंगर ह्याम्डी, संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रमको एसिया प्रशान्त क्षेत्रीय निर्देशक डेचेन छिरिङ, जलवायु परिवर्तन कार्यक्रम संयोजक अबान मार्कर सहभागी थिए ।

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनले नेपालमा पारेको असर, शहरी क्षेत्रले भोगिरहेको अनपेक्षित चुनौती बारे चर्चा गरे । उनले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्न चाहेको बताए । सो क्रममा शहरी वातावरण अनुकूलन कार्यक्रम र राष्ट्रिय रुपरेखाको विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  २ : २९ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि