नार्क सुधार गर्न प्राडा पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुनर्संरचना सुझाव समिति गठन  « Khabarhub

नार्क सुधार गर्न प्राडा पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुनर्संरचना सुझाव समिति गठन 


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को पुनर्संरचनाका लागि प्रा.डा.गोविन्दराज पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुनर्संरचना सुझाव समिति गठन गरेको छ ।

समितिमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा.डा.ईश्वरी कडरीया र डा.यज्ञ गजाधर खड्का सदस्य रहेका छन् ।उच्चस्तरीय समितिका  पदाधिकारीहरूलाई पत्र हस्तान्तरण गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नार्कलाई समय सापेक्षरुपमा सुधार गर्न उच्च स्तरीय समितिले उपयुक्त प्रस्ताव पेश गर्ने अपेक्षा व्यक्त गरे। समितिलाई ९० दिनको कार्याअवधी दिएको छ  । 

नार्कको हालको संरचनामा देखिएका विविध समस्याका कारण परिषद्को कार्य सन्तोषजनक रहन नसकेको सन्दर्भमा उच्चस्तरीय समिति गठन गरिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ  । 

विगतमा भएका अध्ययनहरूले पनि नार्कलाई प्रभावकारी बनाउन यसको पुनर्संरचना गर्नुपर्ने सुझाव दिएका थिए । सोही सुझावका आधारमा मन्त्रालयले गरेको प्रस्तावलाई मन्त्रीपरिषद्को हालै बसेको  बैठकले स्वीकृति दिएको थियो । 

उच्चस्तरीय समितिलाई नार्कको विगतको उपलब्धि तथा चुनौती र यस अन्तर्गतका ऐन, नियम ,नीति लगायत कानुनी दस्ताबेज तथा प्रतिवेदनहरूको समीक्षा गर्ने,अन्य देशहरूमा यस सम्बन्धी भए गरेका असल अभ्यासहरूको अध्ययन गर्ने, संघीयताको भावना र मर्म अनुरूप समयसापेक्ष रूपमा नार्कलाई रूपान्तरण गर्न, वैज्ञानिकहरूको दीर्घकालीन संलग्नता सुनिश्चित गर्ने रणनीति प्रस्ताव गर्ने लगायतका कार्यक्षेत्र तोकिएको छ ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ३ : ११ बजे

पूर्णबहादुर र शेखरले गगनसँग खोजेको के हो ?

काठमाडौँ– दुई समूहको विवाद भुसको आगो झैँ सल्किरहेका बेला केही

परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा

बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण

जलेश्वर– जिल्लाको भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई आज

शेखरको आरोप : कोइराला निवासमै पसेर गगनले कारबाहीको धम्की दिए, कांग्रेसमा निरंकुशता सुरू भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रको स्थापना र

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु