प्रधानमन्त्रीले भने- ८४ को निर्वाचनमा एमालेको एकल बहुमत आउँछ  « Khabarhub

प्रधानमन्त्रीले भने- ८४ को निर्वाचनमा एमालेको एकल बहुमत आउँछ 


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेको एकल बहुमत आउन असम्भव नरहेको बताएका छन् ।  

सोमबार काठमाडौंमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समानुपातिकसहितको विद्यमान परिपाटीबाट साधरणतया कुनै एक दलको बहुमत आउन गाह्रो भए पनि एमालेको एकल बहुमत आउन असम्भव नरहेको बताएका हुन् । 

संविधानमा समानुपातिकको व्यवस्था गरिसकेकाले अहिलेलाई यही प्रणालीभित्रबाट एमालेलाई एकल बहुमतको पार्टीका रूपमा विकसित गर्ने गरी तयारी गर्नुपर्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले विकास र सुशासनको मार्गमा मुलुकलाई तीव्रताका साथ अघि बढाउन एमाले निर्णायक राष्ट्रिय शक्ति बन्नु अत्यावश्यक भएको उल्लेख गरे ।

एमालेले व्यक्तिगत र पार्टीगत स्वार्थ नहेरी देशको सुशासन, स्थिरता, विकास, समृद्धि, राष्ट्रिय स्वाधीनता र अखण्डताका लागि काम गरिरहेको उनले बताए।  

प्रधानमन्त्री ओलीले  विपक्षीहरूले जनतामा आफुहरुविरुद्ध भ्रम फिँजाउन खोजेको उल्लेख गर्दै त्यस्तो भ्रम चिर्न सुदृढ र एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । उनले कम्युनिस्ट आन्दोलन, पार्टी र देशलाई सफल बनाउन राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अघि बढ्न पनि आग्रह गरे ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ४ : ४७ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल