शिक्षा विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि हतारमा टीकाटिप्पणी गर्नु अनुचित : शिक्षामन्त्री « Khabarhub

शिक्षा विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि हतारमा टीकाटिप्पणी गर्नु अनुचित : शिक्षामन्त्री


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकका सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि हतारमा टीकाटिप्पणी गर्नु उचित नहुने बताएका छन्  

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पन्तले उपसमितिको प्रतिवेदनमाथि छलफल नै गर्न बाँकी भएको र केही विषय अझै टुङ्गो लाग्न नसकेकाले हतारमा टीकाटिप्पणी गर्नु उचित नहुने बताएका हुन् । 

उनले विद्यालय शिक्षा विधेयकका अपूर्ण विषयलाई समितिमार्फत पूर्ण गरिने बताए। उपसमितिको प्रतिवेदनमाथि यही ७ गतेदेखि शिक्षा समितिमा छलफल हुने भएकोले हतार गर्न नहुने उनको भनाइ छ ।  

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्रतिवेदन बुझाएको थियो । उपसमितिको प्रतिवेदनमाथि शिक्षक महासंघले असन्तुष्टि जनाइसकेको छ । 

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ४ : ५२ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि