प्राथमिक विद्यालयमा महिलाका भित्री वस्त्र (ब्रा) फेला परेपछि प्रहरी नै चकित « Khabarhub

प्राथमिक विद्यालयमा महिलाका भित्री वस्त्र (ब्रा) फेला परेपछि प्रहरी नै चकित


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयदेखि बन्द रहेको एक प्राथमिक विद्यालयमा १ सय ५० भन्दा धेरै वटा महिलाले लगाउने भित्री वस्त्र (ब्रा) फेला परेपछि अधिकारीहरु आश्चर्यमा परेका छन् । घटना इण्डोनेशियाको हो ।

इण्डोनेशियाको पूर्वी जाभा प्रान्तस्थित केपोबारु जिल्लास्थित क्राङकोङ प्राथमिक विद्यालयमा ती वस्तु फेला परेको इण्डोनेशियाबाट प्रकाशित हुने कोम्पास अखबारको अनलाइन संस्करणले जनाएको छ । उक्त विद्यालय भवन सन् २०१९ देखि बन्द रहेको जनाइएको छ ।

गाउँको मैदानमा खेलिरहेका साना बालबालिकाले ती वस्तु लगाएपछि अधिकारीहरुले छानबिन गरेका थिए । पछि आइतबार विद्यालयको कक्षाकोठामा विभिन्न रंगका ती वस्तु फेला परेको थियो ।

समाचारमा जनाइएअनुसार हादी नाम गरेका व्यक्ति खेतबाट घर फर्किँदै थिए । उनले केटाकेटीले ती वस्तु लगाएर खेलेको देखेका थिए ।

‘खेलिरहेका बेला लगाएका ती वस्तु कहाँबाट आए भनेर प्रश्न सोध्दा केटाकेटीले विद्यालयको कोठामा भेटेको बताएका थिए ।’ केपोबारु प्रहरी प्रमुख इप्तु सुप्रियान्तोलाई उद्धृत गर्दै कोम्पासले लेखेको छ ।

केटाकेटीले जवाफ दिएपछि हादीले सन् २०१९ देखि बन्द रहेको विद्यालय भवन पुगेर निरीक्षण गरेका थिए । सोही विद्यालयको एउटा कक्षाकोठामा सयौँको सङ्ख्यामा ती वस्तु जथाभावी फालिएको अवस्थामा भेटिएको थियो ।

त्यसपछि हादीले ती वस्तु चोरिएको वा अरु कसैको भएको हुनसक्ने ठानेर घटनाबारे गाउँका मुखिया र प्रहरी अधिकारीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुग्दा बोरामा खाँदेको अवस्थामा अरु पनि ती वस्तु फेला पारेका थिए । प्रहरीका अनुसार त्यहाँ १ सय ५० को संख्यामा ती वस्तु फेला परेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ५ : ११ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक