तोकिएकै समयमा आयोजना सम्पन्न गर्नेतर्फ मन्त्रालय सजग छ : मन्त्री दाहाल « Khabarhub

तोकिएकै समयमा आयोजना सम्पन्न गर्नेतर्फ मन्त्रालय सजग छ : मन्त्री दाहाल


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार आयोजनाहरू तोकिएकै समयमा सम्पन्न गर्नेतर्फ मन्त्रालय सजग रहेको बताएका छन् । 

राष्ट्रियसभामा आज भएको मौखिक प्रश्नोत्तरका क्रममा उनले आयोजनाहरू तोकिएको गुणस्तर, समयावधि र लागतमा सम्पन्न गर्न मन्त्रालयले सक्रियता देखाउनुपर्नेमा सजग रहेको बताए । 

मन्त्री दाहालले कतिपय आयोजनाहरू समयसीमा र तोकिएको गुणस्तरमा सम्पन्न भएका र केही आयोजना समयमा सम्पन्न हुन नसकेकामा मन्त्रालयको ध्यानाकर्षण भएको बताए । 

मन्त्रालयले हाल सम्पूर्ण आयोजनाको कार्ययोजना निर्माण गरी समयतालिका, समस्या तथा जोखिम र जिम्मेवार पदाधिकारी तोकी प्रभावकारी अनुगमन गर्ने र हरेक महिना समीक्षा गर्ने परिपाटी लागू गरिएको पनि उनले जानकारी दिए ।

मन्त्री दाहालले कैलालीको टिकापुर/दुर्गौलीदेखि साँफेबगर हुँदै बझाङको चैनपुरसम्म कार्यक्षेत्र रहेको सेती लोकमार्गको कुल लम्बाइ २०४ किलोमिटर रहेकामा हालसम्म १२८ किमी  मात्र ‘ट्र्याक’ खुलेको र बाँकी ७६ किमी ट्र्याक खुल्न बाँकी रहेको जानकारी दिए ।

उनीसँग सांसदहरू मदनकुमारी साह र भुवनबहादुर सुनारले सो मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरू सोधेका थिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन २०८०÷८१ सभासमक्ष पेस गरे  । उनले ‘चलचित्र विधेयक, २०८१’ समेत पेस गरे ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ६ : ०८ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन