राधिका शाक्य भन्छिन्- सामान्य नागरिक नै ठिक छु, राजनीति गर्ने रहर छैन « Khabarhub

राधिका शाक्य भन्छिन्- सामान्य नागरिक नै ठिक छु, राजनीति गर्ने रहर छैन


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले पदमा रहँदा दुरुपयोग गरी कुनै पनि आफन्तलाई अवसर दिएको प्रमाण भए सार्वजनिक गर्न चुनौती दिएकी छन् ।

उनले त्यस्तो गरेको भए प्रमाण ल्याएर आफूहरूलाई गलत सावित गरिदिन भनेकी हुन्। प्रेस चौतारी नेपालले उनीद्वारा लिखित दोस्रो पुस्तक ‘करुणा’बारे सम्पादकहरूसँग आयोजना गरेको सम्वादमा शाक्यले यस्तो आग्रह गरिन् ।

सम्पादकहरूसँगको संवादमा करुणाकी लेखिका शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली राज्यको विभिन्न पदमा हुँदा कोही नातागोता, आफन्तलाई पदको दुरुपयोग गरी भर्ना नगरिएको र अनुचित सुविधा नदिइएको बताइन् ।

‘केपी सर पदमा रहँदा, मन्त्री, प्रधानमन्त्री हुँदा कोही आफन्त वा नातागोतालाई अवसर दिइएको वा कतै लगाएको छैन’, उनले भनिन्, ‘हामीबाट त्यो कुरा भएको देखेर मेरो कुरा गलत लाग्छ भने तपाईंहरूले प्रमाण सार्वजनिक गरिदिनुस ।’

उनले आफू कडा स्वभावको भएकै कारण कसैले कुनै माग र आकांक्षा लिएर नआउने बताइन् । प्रधानमन्त्री ओलीले पनि त्यस्तो काममा लागिन्न भन्ने प्रष्टै जवाफ दिने गरेको उनले बताइन् ।

‘मसँग त त्यस्तो माग लिएर कोही आउँदैनन् । मैले केही गर्दिनँ भन्ने पनि थाहा छ, म कडा छु भन्ने थाहा छ सबैलाई,’ शाक्यले भनिन्, ‘हामीतिर आउन मान्छे खोज्दै हिँड्दा रहेछन् । भित्र जान सकिन्छ कि भनेर खोज्ने रहेछन, मेरा बहिनीहरू त्यसको मारमा धेरैपटक परेका छन् ।’

उनले घरतिरका भन्दा पनि आफ्ना माइती पक्षकाहरूलाई विभिन्न स्वार्थ बोकेका मानिसले त्यसरी दुःख दिन आउने गरेको घटना सुनाइन् ।

मानिसहरूले पहुँच बनाइदि कान्छी बहिनी–ज्वाइँलाई दुःख दिएकै कारण गाउँ छाडेर अर्को गाउँमा गएर बस्नु परेको घटना पनि शाक्यले सुनाइन् ।

‘हाम्रा नातागोतालाई कहीँ–कतै सानो ठूलो पावरमा भएको हैसियतले राखिदिएको, केही गरिदिएको भेट्न सक्नुहुन्छ भने खोज्नुस, भेटे भन्नोस, म तपाईंहरूलाई अनुरोध गर्छु,’ शाक्यले थपिन्, ‘एकजना कोही मान्छेलाई पनि एउटा सानो पदमा भर्ना गरेको छैन ।’

शाक्यले आफूहरूले पदको दुरुपयोग नगरे पनि बाहिर सबै उस्तै होलान् भनेर आक्षेप लगाउने गरेको बताइन् । उनले त्यो घटनाको एउटा प्रमाण आफ्नै बहिनी रहेको बताइन् ।

केपी ओलीले सबै नातागोतालाई गाडी सुविधा दिएको भनेर कान्छी बहिनीलाई ट्याक्सी चालकले सुनाएको उल्लेख गर्दै उनले अनेक आक्षेप लगाएको घटना आफूलाई बहिनीले बताएको पनि उल्लेख गरिन् ।

‘मेरी कान्छी बहिनी नर्स हो, प्रसूति अस्पतालको स्टाफ नर्स, साँझ क्लिनिकमा पनि काम गर्ने गरेकी रहिछन् । एकदिन ट्याक्सी चढेर क्लिनिक गइछन्,’ शाक्यले सुनाइन्, ‘ट्याक्सी चालकले बाटोमा राजनीतिबारे चर्चा गर्दै केपी ओली यस्तो–उस्तो अनेक कुरा भनेछन् । ओलीले नाता–गोतामात्र हेर्छ, आफन्तलाई गाडी र अरू सुविधा दिने ट्याक्सी चालकले भनेछन् । त्यो सुनेर बहिनीलाई खुब रिस उठेछ ।’

भाडाको ट्याक्सी चढ्दा पनि ओलीले आफन्तलाई गाडी–सुविधा दिएको भनेको सुन्दा बहिनीलाई रिस उठेको सुनाउँदै उनले थपिन्, ‘रिसको पारा चढेपछि ट्याक्सीबाट झर्ने बेलामा चालकलाई बहिनीले मै हो साली केपीको, गाडी सुविधा दिएको भए तपाईंको ट्याक्सी चढ्थेँ, भनेर जवाफ फर्काइछन् ।’

सम्पादकहरूसँग खुलेर प्रस्तुत भएकी प्रधानमन्त्रीपत्नी शाक्यले आफू राजनीतिमा नआउने बताइन् । राजनीतिमा आउन लागेको भन्ने सम्पादकहरूको प्रश्नमा शाक्यले आफू एक सामान्य नेपाली नागरिक भएको बताइन् ।

‘केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि भनेर कता–कता प्रश्न गरेको मैले सुनेकी छु,’ शाक्यले भनिन्, ‘तर ओलीले मलाई राजनीतिमा जाऊ भन्नुभएको होइन, मैले राजनीति गर्छु भनेर यो गरेको होइन, म आउँदिन, तपाईंहरू ढुक्क हुनुस्–त्यो मेरो बाटो हुँदा पनि होइन ।’

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ६ : ५० बजे

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी