अचार बेचेरै मासिक ६० हजार कमाइ « Khabarhub

अचार बेचेरै मासिक ६० हजार कमाइ


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कैलाली – यहाँका युवा व्यवसायी करन ऐरले धनगढी उपमहानगरपालिका–९ बङ्राकटानमा विगत आठ वर्षदेखि शान्ति बाटिका फलफूल प्रशोधन उद्योग सञ्चालन गर्दै आएका छन् । यस उद्योगबाट उनले विभिन्न थरिथरीका अचार बनाएर बिक्री गर्दै आएका हुन् ।

विशेषगरी यहाँ आँप, अमला, कागती, तामा, लसुन, अकबरे खुर्सानी, करेला, मुलालगायत अचार बनाउने गरिएको छ । ऐरले थोरै लगानीमा सुरु गरेको व्यवसायबाट पछिल्लो समय राम्रो आम्दानी भइरहेको बताए । अचार बिक्रीबाट मासिक रूपमा रु एक लाख ५० हजार बराबरको कारोबार हुने गरेका र त्यसमध्ये खर्च कटाएर करिब रु ६० हजार बचत हुने गरेको उनले सुनाए ।

“यसै व्यवसायबाट ११ जनाको परिवारको लालनपालन भइरहेको छ । स्थानीय तीन जनाले रोजगार पाएका छन् । परिवारको सम्पूर्ण खर्च र कामदारको तलब व्यवस्थापन गरेर पनि राम्रै कमाई भइरहेको छ”, ऐरले भने ।

उनले वर्षभरि अचारको कारोबार गर्दै आएका छन् । यहाँ उत्पादित अचार कैलालीका धनगढी, अत्तरिया, टीकापुर, कञ्चनपुरको महेन्द्रनगरलगायत स्थानमा बिक्री भइरहेका छन् । स्थानीय उत्पादनको उपयोग गर्दै कुनै मिसावटबिना अचार बनाउने भएकाले पनि धेरैको रोजाइमा पर्ने गरेको व्यवसायी ऐरको भनाइ छ ।

उनले भने, “स्वास्थ्यलाई हानी हुने हिसाबले हामी अचार बनाउँदैनौँ, अचारमा प्रयोग हुने नुन, तेल, मरमसालालगायत सबै चिज ठीक गुणस्तरी र मात्रा मिलाएर प्रयोग गरिरहेका छौँ । त्यसैले पनि ग्राहकले गुनासो गर्ने अवस्था आएको छैन ।”

धेरैजसो व्यक्तिहरू कमाउनका लागि विदेश पलायन भइरहेका बेला ऐर भने सानै लगानीबाट आफ्नो ठाउँ र परिवारसँगै बसेर आत्मनिर्भर बनिरहनुभएको छ । “गर्न जान्यो भने आफ्नै देशमा पनि केही हुन्छ भन्ने उदाहरण दिइरहेको छु । ११ जनाको परिवारको गर्जो यसैबाट टरेको छ । तीन जनालाई रोजगारी दिएको छु”, उनले भने,“सबैभन्दा ठूलो कुरा आफ्नै देशमा घरपरिवार, समाज र साथीभाइसँगै बसेर रमाउन र कमाउन पाइएको छ । यो नै खुसीको कुरा हो ।”

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  १० : २६ बजे

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा