ओली, लेखक, बालेन र सुदनविरुद्धको जाहेरी तामेलीमा « Khabarhub

ओली, लेखक, बालेन र सुदनविरुद्धको जाहेरी तामेलीमा


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित ४ जनाविरुद्ध परेको जाहेरी तामेलीमा परेको छ। भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएका घटनाको जिम्मेवारी लिनुपर्ने भन्दै तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र हामी नेपाल नामक एनजीओका संयोजक सुदन गुरुङविरुद्धको जाहेरी तमेलिमा परेको हो।

उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी परेको थियो। प्राप्त प्रमाण र आधारबिना ओली र लेखकविरुद्ध जाहेरी परेको र अनुसन्धान अगाडि बढ्न नसक्ने भएपछि तामेलीमा राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

जाहेरी तामेलीमा राख्नुअघि प्रहरी र सरकारी वकिलको कार्यालय काठमाडौँले लामो छलफल गरेका थिए।

जेन-जी आन्दोलनको घटना छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन आयोग बनाएको छ। उक्त आयोगले प्रतिवेदन नबुझाइ ओली र लेखकविरुद्धको मुद्दा अघि बढ्न नसक्ने निष्कर्ष प्रहरी तथा सरकारी वकिलको कार्यालयको छ।

ओली र लेखकविरुद्ध हामी नेपालका संयोजक सुदन गुरुङले जाहेरी दिएका थिए। त्यसलगत्तै नेकपा एमाले र नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले बालेन र गुरुङविरुद्ध पनि जाहेरी दिएका थिए।
यीबाहेक प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध पनि जाहेरी परेको छ।

अहिले यी सबैविरुद्धको जाहेरी तामेलीमा राखिएको हो।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ९ : ४३ बजे

झापामा दुई छुट्टाछुट्टै दुर्घटना, दुई महिलाको मृत्यु

झापा – झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई महिलाको

ट्रम्पको गाजा शान्ति योजना इजरायलद्वारा अस्वीकार, सेना फिर्ता नगर्ने नेतन्याहुको अडान

काठमाडौं – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण

गुल्मी – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घासस्थित नवनिर्मित

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने

कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४