एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन « Khabarhub

एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा– शेर्पा समाज बेल्जियम र जर्मनको आर्थिक सहयोगमा ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले शववाहन सञ्चालनमा ल्याएको छ ।

गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले नौ लाख १३ हजार रुपैयाँ खर्च गरेर पुरानो एम्बुलेन्स मर्मत गरी शववाहन तयार गरिएको बताए । एम्बुलेन्स बिग्रिएर नचल्ने अवस्थामा पुगेपछि शववाहन बनाइएको थियो ।

अध्यक्ष शेर्पाको मागअनुसार शेर्पा समाज बेल्जियम र जर्मनले खिजीदेम्बालाई शववाहन सञ्चालनका लागि आर्थिक सहयोग रकम पठाएपछि खिजीदेम्बामा शववाहन सञ्चालन गर्न सम्भव भएको हो ।

गाउँपालिकाले सहयोग गर्ने शेर्पा समाज बेल्जियम र जर्मनले खिजीदेम्बाको पहिचान झल्काउने सांस्कृतिक उद्यान निर्माणमा समेत सहयोग गर्ने भएको छ ।

यसअघि शववाहन नहुँदा परीक्षण गर्नुपर्ने शव ट्र्याक्टरमा मृतकका आफन्तले महँगो खर्चमा रुम्जाटार र रामेछापको सदरमुकाम मन्थली लैजानुपर्ने बाध्यता थियो ।

जुनसुकै सवारीले शव नबोक्ने र बोक्ने सवारीले महँगो रकम लिने गरेको थियो । शववाहन सञ्चालनमा ल्याउने खिजीदेम्बा जिल्लामा पहिलोे पालिका हो । जिल्लाका अन्य कतिपय स्थानीय तहमा एउटा पनि एम्बुलेन्स छैन । खिजीदेम्बामा पाँच एम्बुलेन्स सञ्चालमा छन् । (रासस)

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ११ : ५८ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन