जब इञ्जिनियरिङको परीक्षास्थलमा प्रहरी घुस्यो… « Khabarhub

जब इञ्जिनियरिङको परीक्षास्थलमा प्रहरी घुस्यो…


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

बिराटनगर– पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत इञ्जिनियरिङ विषयको छैठौं सेमेष्टरको परीक्षा चलिरहेका बेला मंगलबार बिराटनगरको पोखरियास्थित परीक्षास्थलमा प्रहरीले अचानक छापा हान्यो ।

क्याम्पसको ल्याबमा करारमा कार्यरत कर्मचारी मनिष यादव परीक्षार्थीसँगै गार्ड बसिरहेका थिए । प्रहरीले यादवलाई पार्किङ गरिराखेको स्कुटरको डिक्की खोल्न लगायो ।

यादवको स्कुटरको डिक्कीमा ८० हजार रुपैयाँ नगद र केही उत्तरपुस्तिका फेला प¥यो । उत्तरपुस्तिका केही नलेखिएको खाली अवस्थामा थियो ।

विश्वविद्यालयको कर्मचारी स्रोतले खबरहबलाई दिएको जानकारी अनुसार विद्यार्थीसँग मिलेमतो गरेर आर्थिक लेनदेनका आधारमा बाहिरैबाट प्रश्नपत्र आउट गरी उत्तर पुस्तिकामा लेख्न लगाउने कार्य भइरहेको उजुरी परेपछि प्रहरीले परीक्षास्थलमा छापा मारेको थियो ।

तर, यादव भने आफूमाथि गलत आरोप लगाइएको बताउँछन् । यादवले खबरहबसँग भने, ‘मैले एकठाउँमा तिर्नुपर्ने रकम डिक्कीमा राखेको थिएँ, उत्तरपुस्तिका चाहिँ अस्ति पानी परेका कारण डिक्कीमा राखेको थिएँ, भुलबस त्यो निकाल्न बिर्सिएको रहेछ । तर, यो विषयलाई अहिले मिडियामा मेराविरुद्ध ठूलो इस्यु बनाउने काम भयो ।’

यादवको स्कुटरमा भेटिएको रकम र उत्तरपुस्तिकाबारे प्रहरीले लिखित मुचुल्का खडा गरेको छ । यसबारे विश्वविद्यालयले आफैं छानविन गर्ने वचन दिएपछि प्रहरीले यादवलाई पक्राउ नगरी मुचल्का बनाएर छाडिदिएको हो ।

इञ्जिनियरिङको परीक्षामा विगतदेखि नै धाँधली र चलखेल हुने गरेको विश्वविद्यालयकै कतिपय कर्मचारीको गुनासो छ । ती कर्मचारीको दाबीअनुसार प्रहरीले शंकास्पद व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउनुपर्नेमा विश्वविद्यालय प्रशासनसँगको मिलेमतोमा त्यत्तिकै छाडिदिएको गुनासो बढेको छ ।

तर, प्रहरी भने केही नलेखिएको उत्तरपुस्तिका भेटिएकाले प्रमाण नपुगी व्यक्तिलाई पक्राउ गर्न नसकिने जनाएको छ ।

विश्वविद्यालयका एक कर्मचारी भन्छन्, ‘इञ्जिनियरिङको परीक्षामा ठूलो चलखेल हुने गरेको हामीलाई आशंका छ । तर, यो घटनापछि न कसैमाथि कारवाही भयो, न त परीक्षा नै रोकिएको छ । पुरानै टिमबाट परीक्षा गराउने काम भइरहेको छ ।’
असार १८ देखि शुरु भएको इञ्जिनियरिङ छैठौं सेमेष्टरको परीक्षा साउन १९ सम्म चल्ने तालिका रहेको छ ।

मंगलबारको घटनापछि पूर्वाञ्चल विश्वविद्यालयले पूर्वपरीक्षा नियन्त्रण मोहनबहादुर बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानबिन समितिसमेत बनाइसकेको विश्वविद्यालय स्रोतले बतायो ।

विश्वविद्यालयका कतिपय कर्मचारी भने यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको सीआईबीले समेत छानविन गर्नुपर्ने बताउँछन् ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ४ : ४३ बजे

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले