मोरङको लेटाङमा नेपालकै सबैभन्दा ठूलो जाँतो ! « Khabarhub

मोरङको लेटाङमा नेपालकै सबैभन्दा ठूलो जाँतो !


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

लेटाङ, मोरङ — आधुनिक प्रविधिको विकाससँगै मानिसले दैनिक प्रयोग गर्न छाडेकाले जाँतो हराउँदै गएको छ । ढुंगा कुँदेर बनाइने परम्परागत जाँतोको मोरङको लेटाङमा स्मरण गराउन खोजिएको छ । लेटाङमा नेपालकै सबैभन्दा ठूलो जाँतो अहिले पर्यटकको रोजाई बनिरहेको छ ।

लेटाङ नगरपालिका–९ मा करिब १५ धुर क्षेत्रफलमा फैलिएको उक्त जाँतो हाल सार्वजनिक अवलोकनका लागि खुला गरिएको छ।

देशको प्रमुख पूर्व-पश्चिम राजमार्गबाट ८ किलोमिटर दूरीमा रहेको जाँतो राखिएको ठाउँमा अहिले पर्यटकहरूको घुइँचो लाग्न थालेको छ।

उक्त जातो कोशी सरकारको १० लाख रुपैयाँको सहयोग र स्थानीयवासीको ४ लाख बराबरको जनश्रमदानमा निर्माण गरिएको हो।

जाँतोसँगै आकर्षक पार्क पनि निर्माण भइसकेको छ, जसले पर्यटकहरूलाई थप आकर्षण प्रदान गरिरहेको छ।

लेटाङ-९ का वडाध्यक्ष नन्दकिशोर दाहालले भने, ‘गाउँघरमा कहिल्यै नछुट्ने जाँतो अहिले इतिहास बन्दै गएको छ । यसलाई आधुनिक स्वरूपमा पुनर्जीवित गरेर पर्यटन प्रवर्द्धन र सांस्कृतिक संरक्षण दुवैलाई सघाउने उद्देश्य राखिएको छ ।’

जाँतोबाट नै मोरङको जाँते क्षेत्रको नामकरण गरिएको हो । यो जाँतो ग्रामीण संस्कृति र पहिचानको प्रतीक पनि बनेको छ। अब यो स्था सांस्कृतिक धरोहरसँगै आन्तरिक पर्यटनको नयाँ केन्द्र बन्दै गएको छ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ६ : १५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन