मोदी क्रोएशिया भ्रमणमा « Khabarhub

मोदी क्रोएशिया भ्रमणमा


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युरोपेली मुलुक क्रोएशियाको भ्रमणमा पुगेका छन् । क्यानाडामा आयोजित जी ७ को शिखर सम्मेलनमा सहभागी भएर उनी क्रोएशिया पुगेका हुन् ।

क्रोएशियामा रहँदा उनले त्यहाँ उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । क्रोएशियामा रहँदा प्रधानमन्त्री मोदीले त्यहाँका राष्ट्रपति जोरान मिलान्कोभिच र प्रधानमन्त्री आन्द्रेइ प्लेन्कोभिचसँग भेटवार्ता गरेको एएनआईले उल्लेख गरेको छ ।

प्लेन्कोभिचसँगको भेटवार्ताका क्रममा मोदीले आपसी हितका विषयमा छलफल गरेको जनाइएको छ । छलफलका क्रममा रक्षा, औषधि, कृषि, सूचना प्रविध, नवीकरणीय ऊर्जा र प्रविधिजस्ता क्षेत्रमा सहकार्य बढाउनेबारे कुराकानी भएको छ ।

भारतीय प्रधानमन्त्रीको यो पहिलो ऐतिहासिक क्रोएशिया भ्रमण हो । दुई मुलुकबीच सन् १९९२ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता कुनै पनि भारतीय प्रधानमन्त्रीले क्रोएशियाको भ्रमण गरेका थिएनन् ।

त्रिदेशीय विदेश भ्रमणको अन्तिम चरणमा प्रधानमन्त्री मोदी क्रोएशिया पुगेको जनाइएको छ । यस क्रममा प्रधानमन्त्री मोदी क्रोएशिया र क्यानाडासँगै साइप्रस पनि पुगेका थिए ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ८ : १० बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार