जी ७ शिखर सम्मेलनमा मोदीको उपस्थितीले भारतीय अर्थतन्त्र र नेतृत्वको गतिशीलता र आकार प्रष्ट्याउँछ : कार्नी « Khabarhub

जी ७ शिखर सम्मेलनमा मोदीको उपस्थितीले भारतीय अर्थतन्त्र र नेतृत्वको गतिशीलता र आकार प्रष्ट्याउँछ : कार्नी


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले जी ७ शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितीले भारतीय अर्थतन्त्र र नेतृत्वको गतिशीलता र आकार प्रष्ट्याएको बताएका छन् । जी ७ शिखर सम्मेलनका क्रममा आयोजित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री कार्नीले यस्तो बताएका हुन् ।

भारतीय प्रधानमन्त्रीका रुपमा मोदीले सन् २०१८ यता आयोजित जी ७ को हरेक शिखर सम्मेलनमा सहभागिता जनाएको उल्लेख गर्दै कार्नीले यसबाट विश्व मञ्चमा भारतीय नेतृत्वको गतिशिलता र आकार स्पष्ट भएको बताए । उनले प्रधानमन्त्री मोदीले अर्को वर्ष आयोजना हुने जी ७ को शिखर सम्मेलनमा पनि सहभागिता जनाउने विश्वास व्यक्त गरे ।

जी ७ को शिखर सम्मेलनमा सहभागी हुन क्यानाडा पुगेका मोदी र कार्नीबीच द्विपक्षीय भेटवार्ता पनि भएको थियो । मोदीसँगको भेटवार्ता महत्वपूर्ण भएको कार्नीको भनाइ छ ।

पछिल्लो समय द्विपक्षीय सम्बन्धमा आएको समस्यालाई समाधान गर्ने प्रयासस्वरुप दुई मुलुकले उच्चायुक्तको नियुक्ति गर्ने पनि सहमती गरेका छन् । क्यानाडामा खलिस्तान समर्थक नेताको हत्या भएपछि दुई मुलुकबीच सम्बन्ध चिसिएको थियो ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ८ : २० बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार