यूकेपीएनपीद्वारा पाकिस्तान अधिनस्थ जम्मु कश्मीरमा कश्मीरी पत्रकार पक्राउको निन्दा « Khabarhub

यूकेपीएनपीद्वारा पाकिस्तान अधिनस्थ जम्मु कश्मीरमा कश्मीरी पत्रकार पक्राउको निन्दा


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तान अधिनस्थ जम्मु कश्मीरमा सक्रिय युनाइटेड कश्मीर पिपुल्स नेशनल पार्टी यूकेपीएनपीले कश्मीरी पत्रकारलाई पक्राउ गरिएकोमा निन्दा गरेको छ । यूकेपीएनपीले कश्मीरी पत्रकार उसमान तारिकलाई पक्राउ गरिएकोमा विरोध जनाएको हो ।

यूकेपीएनपीले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको हो । यूकेपीएनपीका निर्वासित अध्यक्ष शौकात अली कश्मीरी र पार्टीका प्रवक्ता सरदार नासिर अजाज खानले यस घटनाले प्रेस स्वतन्त्रताको उल्लङ्घन भएको बताएका छन् ।

उनीहरुले पत्रकारको पक्राउले विश्वव्यापी मानव अधिकार घोषणापत्रको धारा १९ र १९ ए उल्लङ्घन भएको जनाएका छन् । त्यसबाहेक यूकेपीएनपीले पाकिस्तान सरकारले पाकिस्तानको नियन्त्रणमा रहेका कश्मीरको भूमिलाई उपनिवेशजस्तो व्यवहार गरिरहेको पनि आरोप लगाएका छन् ।

पछिल्लो समय पाकिस्तान अधिनस्थ कश्मीरमा पत्रकारलाई धरपकड गर्ने क्रम बढ्दै गएको बताइन्छ । यसबाट सो क्षेत्रमा कार्यरत पत्रकारहरु भयको वातावरणमा बाँच्न बाध्य रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ९ : ०९ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार