एलिनाको इच्छा पूरा, बोले विष्णु तर उजुरीको चेतावनीसहित « Khabarhub

एलिनाको इच्छा पूरा, बोले विष्णु तर उजुरीको चेतावनीसहित


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका एलिना चौहानका पूर्वपति विष्णु सापकोटाले सम्बन्धविच्छेदपछिको मौनता तोडेका छन् । उनले एक प्रेस नोटबाट मौनता तोडेका हुन् ।

गायिका एलिनाले विभिन्न मिडियामा सम्बन्धविच्छेद पछिका घटनाक्रमबारे उनको मुखबाट केही कुरा सुन्न चाहेको अभिव्यक्ति दिएकी थिइन् ।

सम्बन्धमा रहँदा विष्णुबाट घरेलु हिंसा सहनु परेको एलिनाले दाबी गरेकी थिइन् । अर्थात्, सम्बन्धबिच्छेद पछि चुप बसेका विष्णु लक्षिण टिप्पणी उनले सार्वजनिक कार्यक्रममा राख्दै आएकी थिइन् ।

एलिनाको इच्छा विष्णुले पूरा गरिदिएका छन्् । सम्बन्धबिच्देछपछि आफू मानसिका पीडामा परेको उनले खुलाएका छन् ।

तर, छुटेको सम्बन्धबारे टिप्पणी गर्दै हिड्ने आफ्नो स्वभाव नरहेको विष्णुको दाबी छ । उनले भनेका छन्, ‘आदरपूवर्क घर भित्र्याइएको व्यक्तिको सम्मानका कारण पनि म समाप्त भइसकेको सम्बन्धबारे सार्वजनिक स्थानमा बोल्न उचित ठान्दिनँ ।’

सामाजिक सञ्जालमा गाली, चरित्र हत्या र धम्कीपूर्ण सन्देश आउन थालेपछि आफू मानसिक पीडाबाट गुज्रिएको विण्णुले जानकारी दिएका छन् ।

यसले आफ्नो निजी र व्यवसायिक जीवनमा असर पारेको उनको दाबी छ ।

विष्णु अहिले अस्ट्रेलियामा छन् । सामाजिक सञ्जालमा आफूमाथि भ्रामक गतिविधि गर्ने व्यक्ति विरुद्ध उतै कानुनी उपचार लागेको उनले जानकारी दिएका छन् । तर कसका विरुद्धमा कानुनी उपचार थालिएको हो किटान गरेका छैनन् ।

नकारात्मक टिप्पणी गर्ने र भ्रम फैलाउनेविरुद्ध अस्ट्रेलिया–नेपाल दुवै देशमा कानुनी उपचारमा लाग्ने समेत विष्णुले बताएका छन् ।

विष्णुले जारी गरेको प्रेस नोट :

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ६ : ४९ बजे

भोजपुरमा पनि ‘सगरमाथा वृक्षरोपण महाअभियान’

भोजपुर– सरकारले सुरु गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ पहाडी जिल्ला भोजपुरमा

१५ जना ‘स्मार्ट’ आमा सम्मानित

पाल्पा– पाल्पाका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको छ ।

नेपाल नेत्रज्योति सङ्घबाट कम्बोडियामा पहिलो पटक निःशुल्क आँखा शिविर

कम्बोडिया– नेपाल नेत्रज्योति सङ्घले निःशुल्क आँखा शिविर मार्फत आँखा उपचार

विश्वकप : आयोजक क्यानडा, मेक्सिको र अमेरिका अन्तिम १६ बाटै आउट

काठमाडौँ – फिफा विश्वकप २०२६ का तीनवटै आयोजक राष्ट्र प्रतियोगिताबाट

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे