आज २०८२ साल साउन ३ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन ३ गते शनिबारको राशिफल


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ जुलाई १९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। आफ्नै राशीमाथि चन्द्रमा पुगेकाले सोचेको काममा सफलता मिल्नेछ। शिक्षा र व्यापारबाट लाभ लिन सकिनेछ। राजनीतिमा लगानी गर्दा फाइदा हुनेछ। परिवारमा भने मनमुटाव हुनेछ।

वृष : आज पराक्रम बढ्नेछ। आफ्नो भाग्य आफैले बनाउनुपर्ने दिन भएकाले निर्णय गर्दा सचेत हुनुपर्ने दिन छ। वैदेशिक रोजगारीमा आकर्षण बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने योग छ।

मिथुन : दिन राम्रो छ। तपाईंको प्रतिभाको सम्मान हुनेछ। स्वास्थ्यले साथ दिनेछ। धन आर्जन गर्ने समय रहेको हुँदा साथीभाइ दाहिना रहनेछन्। आज पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ।

कर्कट : दिन राम्रो छ। आम्दानीका स्रोतहरु खुल्दै जानेछन्। भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ। परिवनरसँगको सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिमा भने संकट देखिन्छ।

सिंह : शनिको प्रभावले सानातिना कुराले मनमा झन्झट आउनेछ। बोली र व्यवहारमा एकरुपमा ल्याउनु आवश्यक छ। राजनीति र शिक्षामा भने तपाईको राम्रो छ।

कन्या : आज दिन सामान्य रहेको छ। पारिवारिक बोझ बढ्नेछ। दाम्पत्य जीवनमा गडबडी देखिनेछ। खानपानमा ख्यान नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। विज्ञको सल्लाहमा गरेको काममा सफलता मिल्नेछ।

तुला : आज तपाईंको कला र गलाको प्रदर्शनी गर्नुपर्ने दिन छ। स्वास्थ्यमा लाभ लिनको साथै राजनीतिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। परिवारमा घुलमिल हुनेछ। परिवारको साथमा रमाइलो हुनेछ।

वृश्चिक : दिन राम्रो छ। शिक्षामा गरेको प्रयासले मन हलुको हुनेछ। परिवारको सल्लाह लिएर काम गर्नुहोला। रमाइलो भेटघाटको समय छ। राजनीति क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

धनु : शनिको प्रभावले मनमा उथलपुथल हुनसक्छ। हरेक क्षेत्रमा मिहिनेत गर्नुपर्ने दिन छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। कम बोल्दा फाइदा हुनेछ।

मकर : दिन सामान्य राम्रो छ। शत्रु बढ्नेछन्। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्य लाभ हुनेछ। राजनीति क्षेत्रमा पहुँच बढ्ने। पारिवारमा मेलमिलाप हुनेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। अन्त्य साढेसातीको प्रभावले अनावश्यक खर्च हुनेछ। खर्च बढ्दा मन दुखी हुनेछ। धार्मिक कार्यमा सहभागी हुनसके भाग्यको उदय हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर हुँदा मन शान्त हुनेछ।

मीन : धनलक्ष्मी योग परेको छ। दाजुभाइ वा भगिनी संस्थासँग गरेको लगानीले फाइदा हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। साना कुराले परिवारमा मनमुटाव हुनसक्छ। थोरै बोलेर अघि बढ्नुहोला।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ५ : १२ बजे

सडक र सञ्जालको डर, ब्यालेटको भर

नेपालको राजनीतिक परिदृश्यमा फागुन २१ को प्रतिनिधिसभा निर्वाचन एउटा ऐतिहासिक

५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्मा भारी वृद्धि भएको छ

रुपन्देहीमा अनुगमन समितिद्वारा चार बुँदे आचरण जारी

लुम्बिनी– प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, पारदर्शी, मितव्ययी, भयरहित र विश्वसनीय

बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ

बैतडी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ

भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाइँदै

चितवन– चितवनको सदरमुकामसमेत रहेको भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको