आज २०८२ साल साउन ३ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल साउन ३ गते शनिबारको राशिफल


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ जुलाई १९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। आफ्नै राशीमाथि चन्द्रमा पुगेकाले सोचेको काममा सफलता मिल्नेछ। शिक्षा र व्यापारबाट लाभ लिन सकिनेछ। राजनीतिमा लगानी गर्दा फाइदा हुनेछ। परिवारमा भने मनमुटाव हुनेछ।

वृष : आज पराक्रम बढ्नेछ। आफ्नो भाग्य आफैले बनाउनुपर्ने दिन भएकाले निर्णय गर्दा सचेत हुनुपर्ने दिन छ। वैदेशिक रोजगारीमा आकर्षण बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने योग छ।

मिथुन : दिन राम्रो छ। तपाईंको प्रतिभाको सम्मान हुनेछ। स्वास्थ्यले साथ दिनेछ। धन आर्जन गर्ने समय रहेको हुँदा साथीभाइ दाहिना रहनेछन्। आज पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ।

कर्कट : दिन राम्रो छ। आम्दानीका स्रोतहरु खुल्दै जानेछन्। भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ। परिवनरसँगको सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिमा भने संकट देखिन्छ।

सिंह : शनिको प्रभावले सानातिना कुराले मनमा झन्झट आउनेछ। बोली र व्यवहारमा एकरुपमा ल्याउनु आवश्यक छ। राजनीति र शिक्षामा भने तपाईको राम्रो छ।

कन्या : आज दिन सामान्य रहेको छ। पारिवारिक बोझ बढ्नेछ। दाम्पत्य जीवनमा गडबडी देखिनेछ। खानपानमा ख्यान नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। विज्ञको सल्लाहमा गरेको काममा सफलता मिल्नेछ।

तुला : आज तपाईंको कला र गलाको प्रदर्शनी गर्नुपर्ने दिन छ। स्वास्थ्यमा लाभ लिनको साथै राजनीतिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। परिवारमा घुलमिल हुनेछ। परिवारको साथमा रमाइलो हुनेछ।

वृश्चिक : दिन राम्रो छ। शिक्षामा गरेको प्रयासले मन हलुको हुनेछ। परिवारको सल्लाह लिएर काम गर्नुहोला। रमाइलो भेटघाटको समय छ। राजनीति क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

धनु : शनिको प्रभावले मनमा उथलपुथल हुनसक्छ। हरेक क्षेत्रमा मिहिनेत गर्नुपर्ने दिन छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। कम बोल्दा फाइदा हुनेछ।

मकर : दिन सामान्य राम्रो छ। शत्रु बढ्नेछन्। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्य लाभ हुनेछ। राजनीति क्षेत्रमा पहुँच बढ्ने। पारिवारमा मेलमिलाप हुनेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। अन्त्य साढेसातीको प्रभावले अनावश्यक खर्च हुनेछ। खर्च बढ्दा मन दुखी हुनेछ। धार्मिक कार्यमा सहभागी हुनसके भाग्यको उदय हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर हुँदा मन शान्त हुनेछ।

मीन : धनलक्ष्मी योग परेको छ। दाजुभाइ वा भगिनी संस्थासँग गरेको लगानीले फाइदा हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। साना कुराले परिवारमा मनमुटाव हुनसक्छ। थोरै बोलेर अघि बढ्नुहोला।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ५ : १२ बजे

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल

गलकोट– बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको

हल गोरु पाल्ने दुई सय ४० किसानलाई प्रोत्साहन रकम

सिन्धुपाल्चोक – यहाँको मेलम्ची नगरपालिकाले गत आर्थिक वर्षमा हल गोरु

गाजामा खाद्य संकट गहिरिँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

एजेनसी – संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनमाथि अर्को मुद्दा दर्ता

काठमाडौं – दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको

फिलोसफिकल रिसर्च सेन्टरले मातृभाषामा पनि सामग्री प्रकाशन गर्ने

काठमाडौं– नेपाल फिलोसफिकल रिसर्च सेन्टरले अङ्ग्रेजी भाषामा सीमित शोध प्रकाशन