यातायात कार्यालय नवलपरासीबाट २८ करोड बढी राजस्व सङ्कलन « Khabarhub

यातायात कार्यालय नवलपरासीबाट २८ करोड बढी राजस्व सङ्कलन


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले आर्थिक वर्ष २०८१–०८२ मा २८ करोड ४५ लाख ८७ हजार ९८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०८१–०८२ मा कार्यालयको राजस्व सङ्कलन अघिल्लो आर्थिक वर्षकै हाराहारीमा भएको यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख सुरेश जैसवालले बताए ।

‘गत आवमा सवारी साधन कर सङ्कलन बापत २२ करोड ८७ लाख ९६ हजार ७४८ रुपैयाँ, सवारी चालक अनुमति पत्र एवं सवारी दर्ता किताब बापत ५०० करोड १५ लाख १६ हजार ५५ रुपैयाँ, यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा ३१ लाख ६६ हजार ५०० रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्क बापत ११ लाख दुई हजार ३५० रुपैयाँ राजस्व सङ्कलन भएको छ’, उनले भने ।

गत आर्थिक वर्ष यातायात व्यवस्था कार्यालय (नवलपरासी बर्दघाट सुस्तापूर्व)मा विभिन्न प्रकृतिका एक हजार ४१४ वटा सवारी जाँच पास गरिएको छ । त्यसैगरी यस कार्यालयबाट आव २०८१–०८२ मा सवारी चालक अनुमति पत्रका लागि नौ हजार ९७५ जनाले लिखित परीक्षामा सहभागी भएको प्रमुख जैसवालले जनकारी दिए ।

‘गत आवमा सवारी चालक अनुमतिको ट्रायल परीक्षामा २० हजार २६० जनाले दिएका छन्’, उनले भने, ‘यही अवधिमा तीन हजार ५४ वटा सवारी चालक अनुमति पत्र नवीकरण गरिएको छ ।’

यातायात व्यवस्था कार्यालयले कर सङ्कलनलाई व्यवस्थित र प्रभावकारी बनाउन विशेष अभियान नै सञ्चालन गरेको कार्यालय प्रमुख जैसवालले बताए ।

यो अभियान अन्तर्गत बिल बुक नवीकरण, जाँच पास, रुट परमिट तथा सवारी चालक अनुमति पत्रको चेकजाँचलाई विशेष प्राथमिकता दिइएको थियो ।

अभियानको सकारात्मक प्रभावको रूपमा चैत महिनामा मात्र चार करोड ८० लाख २५ हजार ६२५ रुपैयाँ राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।

सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न यातायात कार्यालयले विशेष व्यवस्था गरेको सूचना अधिकारी टेक नारायण तिवारीले बताए । कर तीर्न आउने सेवाग्राहीको भीडलाई व्यवस्थित गर्न अतिरिक्त कर्मचारी खटाइएको तिवारीले जनकारी दिए ।

गत आर्थिक वर्ष २०८०–०८१ मा यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले ३० करोड ३५ लाख ५३ हजार ९५३ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । (रासस)

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ७ : ५८ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित