सञ्चार उद्यमी धितालका हत्यारालाई कारवाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण « Khabarhub

सञ्चार उद्यमी धितालका हत्यारालाई कारवाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दाङका सञ्चार उद्यमी देवीप्रसाद धिताल ‘हेमराज’का हत्यारालाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ । हेमराजका भाइ पुष्कर धितालको तर्फबाट रेडियो तुलसीपुरका स्टेसन प्रमुख अर्जुन गिरी र प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज गणेश आचार्यले शनिबार गृहमन्त्री लेखकलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

रेडियो तुलसीपुरका अध्यक्ष रहेका हेमराजको २०७६ साल साउन ६ गते अपरान्ह तुलसीपुर १२ जसपुरमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।  

ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्रीले अपराधीलाई कारवाही गर्नु राज्यको कर्तव्य भएको भन्दै हेमराजका हत्याराको पहिचान गरी कारवाही गर्न प्रहरीलाई निर्देशन दिने प्रतिवद्धता जनाए ।

‘१५ वर्षसम्म पनि हत्यारा पत्ता नलाग्नु दुःखद हो ।’ गृहमन्त्री लेखकले भने ‘ढुक्क हुनुस्, यस घटनामाथि तत्काल गम्भीर अनुसन्धान गरी कारवाही गर्न आइजीपीलाई निर्देशन दिन्छु ।’ 

यो घटना अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले गरिरहेको छ । सीआईबीले अनुसन्धान थाले पनि अनुसन्धानमा उपलब्धि भने शून्य भएको मृतक हेमराजका भाइ पुष्करको गुनासो छ । उनका अनुसार प्रहरीले हालसम्म हत्याराको स्केच समेत तयार पार्न सकेको छैन् ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  १२ : ४८ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री