गर्भमै ‘बुकिङ’, जन्मेलगत्तै नवजातको तस्करी « Khabarhub

गर्भमै ‘बुकिङ’, जन्मेलगत्तै नवजातको तस्करी


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डोनेशियाको प्रहरीले नवजात शिशुको तस्किरी गर्दै आएको एक अन्तर्राष्ट्रिय गिरोहको भण्डाफोड गरेको छ । यो गिरोह सन् २०२३ देखि अहिलेसम्म २५ नवजात शिशुहरूलाई सिंगापुरमा बिक्री गरिसकेको छ ।

इन्डोनेशियाको प्रहरीले यसै साता पोन्तियानाक र ताङ्गराङ्ग सहरमा गिरोहमा आवद्ध १३ जनालाई गिरफ्तार गरेको छ । तस्करीका लागि लैजाँदै गरेका एक वर्ष मुनीका छ शिशुको उद्धारसमेत प्रहरीले गरेको छ ।

इन्डोनेशियाली प्रहरीका अधिकारी सुरावनले बीबीसी न्युज इन्डोनेशियासँग भनेका छन्, ‘यी शिशुहरूलाई पहिलो पोन्तियानाकमा राखिन्छ । उनीहरूको इमिग्रेशन डकुमेन्ट तयार गरेर सिंगापुर पठाइन्छ ।’

बीबीसीले यसबारे सिंगापुर प्रहरी र गृह मन्त्रालयसँग प्रतिक्रिया मागेको थियो । तर, अहिलेसम्म कुनै जवाफ भने पाइसकेको छैन ।

कसरी काम गर्छ गिरोह ?

प्रहरीका अनुसार यो गिरोहले आफ्नो बच्चा पाल्न अनिच्छुक आमा–बुवा अथवा गर्भवती महिलालाई निशाना बनाउँथ्यो । प्रायः उनीहरूले सामाजिक सञ्जाल फेसबुकममार्फत् सम्पर्कको सुरुवात गर्दथे । विस्तारै कुराकानी अघि बढ्दै गएपछि गिरोहका सदस्यहरूले ह्वाट्सएपजस्ता निजी एप्समार्फत् सम्पर्क पढाउँथे ।

प्रहरी अधिकारी सुरावनले भने, ‘केही शिशुको हकमा गर्भमै सबै कुराहरू तय गरिन्थ्यो । जब बच्चा जन्मिन्थ्यो, डेलिभरीको खर्च गिरोहले गथ्र्यो । अनि परिवारलाई मुआब्जा स्वरुप पैसा दिएर बच्चा लगेर जान्थे ।

प्रहरीका अनुसार गिरोहमा संलग्न वयक्तिहरूलाई फरक–फकर जिम्मेवारी दिइन्छ । जस्तो कि कसैलाई बच्चा खोज्ने, कसैलाई बच्चा घरमा राख्ने, कसैलाई बच्चाको रेखदेख गर्ने । कसैले नक्कली कागजातहरू तयार गर्दथे ।

शिशुलाई आमाबाट अलग गरेपछि दुईदेखि तीन महिनासम्म ‘केयरटेकर’ सँग राखिने गरिन्थ्यो । त्यसपछि जाकार्ता र फेरि पोन्तियानाक ल्याइन्थ्यो । पोन्तियानाकमा शिशुको जन्मदर्ता प्रमाणपत्र, राहदानी (पासपोर्ट) र अन्य दस्तावेजहरू तयार गरिन्थ्यो ।

तीन शिशुलाई ११ देखि १६ लाख इन्डोनेशियाली रुपैयाँ (झण्डै ६७३ देखि एक हजार डलर) मा बिक्री गरिन्थ्यो । प्रहरी पक्राउ गरेका केही व्यक्तिले अहिलेसम्म १२ बालक र १३ बालिकालाई देशभित्र र देश बाहिर बिक्री गरिएको बयान दिएका छन् । ती बच्चाहरू पश्चिम जावा प्रान्तका अलग–अलग जिल्ला र सहरहरूबाट ल्याइएका थिए ।

आमा–बुवाले बच्चा किन बेच्छन् ?

प्रहरी अधिकारी सुरावनले शिशुको तस्करी गर्ने समूह र आमा–बुवाबीच भएको सम्झौताका माध्यमबाट बेचबिखन भएको पाइएको जानकारी दिएका छन् । उनले हालसम्म बच्चा अपहरण गरेर बेचबिखन गरिएको कुरा कतैबाट नआएको पनि बताएका छन् ।

सुरावनले शिशु बेचबिखनमा संलग्न गिरोहले सम्झौताअनुसार रकम नपाएपछि मौ अपहरणको उजुरी प्रहरीमा दर्ता भएको पनि बताए । आर्थिक समस्याका कारण आमा–बुवाले आफ्ना बच्चा बेच्न तयार हुने गरेको प्रहरीको आशंका छ ।

सुरावनले बच्चा बिक्री गर्ने आमा–बुवाविरुद्ध आपराधिक मामिला दर्ज गर्न सकिने बताएका छन् । ‘यदि, आमा–बुवा र आरोपीबीच कुनै सम्झौता भएको प्रमाणित भए उनीहरूविरुद्ध बाल संरक्षण कानुन र मानव तस्करीमा मुद्दा चलाउन सकिन्छ,’ उनले भने ।

इन्डोनेशियाको प्रहरीले विदेशमा रहेका गिरोहका सदस्य र शिशु खरिद गर्ने व्यक्तिहरूलाई पक्राउ गर्नका लागि इन्टरपोल र सिंगापुर प्रहरीसँग सहयोग मागेको छ ।

इन्डोनेशियामा गर्भपतनलाई कानुनी मान्यता दिइएको छैन । तर, कुनै विशेष परिस्थिति (मेडिकल इमरजेन्सी वा बलात्कार) मा भने छुट दिइएको छ । शिशुको तस्करी गर्ने गिरोहले प्रायः आफूलाई महिला र बालबालिकालाई सहायता गर्ने मेटरनिटी क्लिनिक, अनाथालय र सामाजिक सहायता केन्द्रका रूपमा पेस गर्दै आएको थियो ।

–बीबीसीबाट

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  १ : ५० बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित