चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री « Khabarhub

चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा दैनिक २.५५ किलोमिटर सडक निर्माण भएको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमा समृद्धिको बाटो, पछिल्लो छ वर्षयता मुलुकले सबैभन्दा ठूलो भौतिक पूर्वाधारमा फड्को मारेको बताएका हुन् । उनका अनुसार चालु आवमा ९३२ किलोमिटर सडक कालोपत्र भएको समेत उल्लेख गरेका छन् ।

‘आजभन्दा छ वर्ष अगाडि हाम्रै सरकार हुँदा भौतिक पूर्वाधार विकासको गति उच्च भएको रेकर्ड रहेछ, त्यसबीचमा फेरि त्यो गति घटेको रहेछ । अहिले फेरि हामी नै सरकारमा हुँदा पूर्वाधार विकासको गति बढेको तथ्यांक प्राप्त भएको छ । यो गति अझ बढाउनुपर्ने छ’, प्रधानमन्त्री ओलीले भनेका छन् । 

प्रधानमन्त्री ओलीले आजै इन्जिनियर्स डेको शुभकामना दिँदै भौतिक पूर्वाधारदेखि प्रविधिको विकाससम्म हाम्रो भरपर्दो जनशक्ति इन्जिनियरहरु भएको बताएका छन् ।
 

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  १ : ४९ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री