यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते « Khabarhub

यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ मा पर्ने पौवास्थित भित्री सडकखण्डमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा २३ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

रामेछापको डोरखानीबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८४०८ नम्बरको बस दिउँसो १२ः२० बजे ब्रेक फेल भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।  

बसमा जम्मा ३२ जना यात्रु सवार थिए। तीमध्ये हालसम्म नाम, थर र वतन खुल्न नसकेका २३ जना घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त बस घटनास्थलमै रहेको छ । बस चालकलाई दोलालघाट प्रहरी चौकीले नियन्त्रणमा लिएको छ। घटनाको थप विवरण संकलन भइरहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ३ : १९ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान