यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते | Khabarhub Khabarhub

यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ मा पर्ने पौवास्थित भित्री सडकखण्डमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा २३ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

रामेछापको डोरखानीबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८४०८ नम्बरको बस दिउँसो १२ः२० बजे ब्रेक फेल भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।  

बसमा जम्मा ३२ जना यात्रु सवार थिए। तीमध्ये हालसम्म नाम, थर र वतन खुल्न नसकेका २३ जना घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त बस घटनास्थलमै रहेको छ । बस चालकलाई दोलालघाट प्रहरी चौकीले नियन्त्रणमा लिएको छ। घटनाको थप विवरण संकलन भइरहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ३ : १९ बजे

गत आर्थिक वर्षमा ९ अर्ब ४१ करोड राजस्व सङ्कलन

वीरगञ्ज– आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष (आव)मा ९

भारी वर्षाको पूर्वानुमान : विपदबाट बच्न प्रधानमन्त्री ओलीको अनुरोध

काठमाडौं – मौसम विज्ञान विभागले आइतबार देशका विभिन्न ठाउँमा भारी

शिक्षासहित पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा संसदीय समितिको बैठक

भियतनाममा डुङ्गा पल्टिदा ३४ जनाको मृत्यु

भियतनाम – भियतनाममा खराब मौसमका कारण पर्यटक चढेको डुङ्गा पल्टिदा

ओली उवाच र शास्त्र : चतरामा शल्यक्रिया गरेकै थिए त ऋषि सुश्रुतले ?

काठमाडौं – सुनसरीको चतराधामस्थित भवानीथानका जङ्गलमा प्रशस्त बिजयसाल पाइन्थे ।