मधेसको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त « Khabarhub

मधेसको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशको वन निर्देशनालयले आर्थिक वर्ष २०८१-८२ मा लामो चार सय ४२ हेक्टर वनजङ्गलको जमिन अतिक्रमणकारीबाट छुटाएको जनाएको छ । 

उक्त निर्देशनालयबाट प्राप्त जानकारीअनुसार धनुषामा ३० हेक्टर, सर्लाहीमा एक सय ७५ हेक्टर, सप्तरीमा एक सय ११  हेक्टर, बारामा ५४ हेक्टर, पर्सामा ४५ हेक्टर, रौटहटमा १२  हेक्टर, सिरहामा १० हेक्टर तथा महोत्तरीमा तीन हेक्टर वन क्षेत्रको जमिन फिर्ता लिइएको छ । 

 निर्देशनालयका निर्देशक जग्गनाथप्रसाद जयसवालले मधेस प्रदेशको आठवटै जिल्लाबाट अहिले पनि १६ हजार पाँच सय ९९ हेक्टर जमिन अतिक्रमणमा परेको जानकारी दिए । 

यसैबीच, रासससँग कुरा गर्दै  वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले प्रशासनिक संयन्त्रले मात्र वनसम्बन्धी समस्या समाधान गर्न नसक्ने भएकाले राजनीतिक तथा स्थानीय संयन्त्रको समन्वय आवश्यक छ भने।

वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले वन क्षेत्रलाई अतिक्रमण हुनबाट रोक्न मातहतका कार्यालयलाई कठोर भएर काम गर्न परिपत्र गरिएको तथा पर्याप्त जनशक्ति परिचालन गरेर परिणाम निकाल्नेगरी समन्वयका साथै अनुगमन हुने प्रतिबद्धता व्यक्त गरे । 

हाल देशमा ४५ प्रतिशत भूभाग वनले ढाकेको भए पनि मधेस प्रदेशमा मात्र तीन दशमलव ७२ प्रतिशत भूभाग वनक्षेत्रले ढाकेको सो निर्देशनालयले जनाएको छ ।

 प्रदेशभरि दुई लाख दुई हजार दुई सय दुई वनक्षेत्र रहे पनि एक सय ३६ स्थानीय तहमध्ये ८९ वटामा वनक्षेत्र नै नभएको बताइएको छ ।  देशको  कूल वन क्षेत्रमध्ये आठ प्रतिशत अतिक्रमणको चपेटामा परेको जनाइएको छ ।  

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ३ : २९ बजे

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको