धुलिखेलको ‘जन्मोत्सव उद्यान’ मा एक हजार बिरुवा रोपिए « Khabarhub

धुलिखेलको ‘जन्मोत्सव उद्यान’ मा एक हजार बिरुवा रोपिए


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – धुलिखेलस्थित ‘जन्मोत्सव उद्यान’ र आसपासका क्षेत्रमा आज विभिन्न प्रजातिका एक हजार बिरुवा रोपिएका छन् । 

मुख्यसचिव एकनारायण अर्याल, महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालका साथै समाजका प्रतिष्ठित व्यक्तिले संयुक्त रूपमा बिरुवा रोपेर उद्यानको पनि शुभारम्भ गरे ।

विभिन्न सञ्चारगृहमा आबद्ध पत्रकार तथा तराई विकास तथा सञ्चार केन्द्रद्वारा अभियानका रुपमा  नगरपालिका–१० शारदाबतासेमा उद्यान बनाइएको हो ।  । रौतहटको चन्द्रपुर–९ सिन्दुरेघारी मर्दर चाँदीखोलामा पनि उद्यान बनाइएको केन्द्रका अध्यक्ष गोविन्द चौलागाईंले बताए। 
    
त्यस अवसरमा श्रम तथा रोजगार मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जू तथा उपप्रमुख निराजन जङ्गम, सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक सुमन दाहाल, वाग्मती प्रदेश वन मन्त्रालयका सचिव डा केदार बराल, राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जङ्गबहादुर अर्याल, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाह, वडा धुलिखेल-१० का वडाध्यक्ष गोविन्द भण्डारीलगायत विभिन्न तहका सरकारी कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कलाकार तथा सामाजिक अभियन्ता एवं सञ्चारकर्मीको सहभागिता थियो । 
 

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ५ : २८ बजे

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता