बीएनपीका नेता भन्छन्– भारतसँग मिलेर काम गर्न तयार छौँ « Khabarhub

बीएनपीका नेता भन्छन्– भारतसँग मिलेर काम गर्न तयार छौँ


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशको बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीका वरिष्ठ नेताले भारतसँग मिलेर काम गर्ने बताएका छन् । बीएनपीका कानुनी मामिलासम्बन्धी सचिव केसर कमलले यस्तो बताएका हुन् ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा सचिव कमलले शेख हसिनाको पदच्युतपछि अहिलेको परिस्थितिमा आफूहरुले भारतसँग मिलेर काम गर्ने बताए । पूर्वराष्ट्रपति जियाउर रहमानले सबैसँग मित्रता कायम राख्न र कसैसँग पनि शत्रुता नराख्न आग्रह गरेको स्मरण गर्दै उनले भारतसँग मिलेर काम गर्ने बताए ।

‘भारत हाम्रो ठूलो छिमेकी हो । त्यसैले, बीएनपीले सबैसँग मिलेर काम गर्न चाहन्छ ।’ उनले भने । हाल राजनीतिक अविश्वास रहेपनि मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले स्वतन्त्र एवम् समावेशी चुनाव गराउनेमा आफूहरु विश्वस्त रहेको उनको भनाइ छ ।

गत वर्षको अगस्ट महिनामा बंगलादेशमा भएको आन्दोलनपछि प्रधानमन्त्री हसिना पदच्युत भएकी थिइन् । त्यसयता बंगलादेशमा अल्पसङ्ख्यक हिन्दू धर्मावलम्बीविरुद्ध दमन बढेको भन्दै भारतले असन्तुष्टि जनाउँदै आएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ९ : १७ बजे

डिजिटल स्वास्थ्य विस्तारका लागि नीतिगत पहल गर्छौँ : मन्त्री मेहता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग डिजिटल स्वास्थ्य सेवाको

जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी

सीमा सुरक्षा थप प्रभावकारी बनाउन सरकारलाई समितिको निर्देशन

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सीमा