बीएनपीका नेता भन्छन्– भारतसँग मिलेर काम गर्न तयार छौँ « Khabarhub

बीएनपीका नेता भन्छन्– भारतसँग मिलेर काम गर्न तयार छौँ


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशको बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीका वरिष्ठ नेताले भारतसँग मिलेर काम गर्ने बताएका छन् । बीएनपीका कानुनी मामिलासम्बन्धी सचिव केसर कमलले यस्तो बताएका हुन् ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा सचिव कमलले शेख हसिनाको पदच्युतपछि अहिलेको परिस्थितिमा आफूहरुले भारतसँग मिलेर काम गर्ने बताए । पूर्वराष्ट्रपति जियाउर रहमानले सबैसँग मित्रता कायम राख्न र कसैसँग पनि शत्रुता नराख्न आग्रह गरेको स्मरण गर्दै उनले भारतसँग मिलेर काम गर्ने बताए ।

‘भारत हाम्रो ठूलो छिमेकी हो । त्यसैले, बीएनपीले सबैसँग मिलेर काम गर्न चाहन्छ ।’ उनले भने । हाल राजनीतिक अविश्वास रहेपनि मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले स्वतन्त्र एवम् समावेशी चुनाव गराउनेमा आफूहरु विश्वस्त रहेको उनको भनाइ छ ।

गत वर्षको अगस्ट महिनामा बंगलादेशमा भएको आन्दोलनपछि प्रधानमन्त्री हसिना पदच्युत भएकी थिइन् । त्यसयता बंगलादेशमा अल्पसङ्ख्यक हिन्दू धर्मावलम्बीविरुद्ध दमन बढेको भन्दै भारतले असन्तुष्टि जनाउँदै आएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ९ : १७ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार