अफ्रिकाबाट लिथियम आयात गर्ने विषयमा एनएलसी इण्डिया र रुसी कम्पनीबीचको छलफल अन्तिम चरणमा | Khabarhub Khabarhub

अफ्रिकाबाट लिथियम आयात गर्ने विषयमा एनएलसी इण्डिया र रुसी कम्पनीबीचको छलफल अन्तिम चरणमा


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा केन्द्र सरकारले सञ्चालन गर्दै आएको एनएलसी इण्डिया नामक कम्पनीले अफ्रिकाबाट लिथियम आयात गर्ने भएको छ । अफ्रिकाबाट लिथियम आयात गर्ने विषयमा रुसको सरकार सञ्चालित कम्पनीसँग वार्ता भइरहेको जनाइएको छ ।

भारतीय आर्थिक अनलाइन पोर्टल इकोनोमिक टाइम्सका अनुसार एनएलसीले अफ्रिकी मुलुक मालीबाट लिथियम आयातका गर्नका लागि रुसी कम्पनीसँग स्वामित्वमा सहभागिताबारे छलफललाई अन्तिम चरणमा पु¥याएको छ । पछिल्लो समय भारतमा लिथियमको माग बढ्दै गएको छ ।

ब्याट्री निर्माणका लागि अत्यन्त महत्वपूर्ण मानिएको लिथियम विद्युतीय सवारी, घरायशी विद्युतीय उपकरण र अन्य प्रयोजनका लागि अपरिहार्य मानिन्छ ।

परम्परागत रुपमा कोइला र लिग्नाइट उत्खनन् गर्दै आएको एनएलसीले हाल नवीकरणीय ऊर्जाको क्षेत्रमा पनि काम गरिरहेको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  १० : ३७ बजे

तिहार मनाउन छ लाख मानिसले उपत्यका छोड्ने अनुमान

काठमाडौं– शनिबारदेखि सुरु भएको तिहारका लागि करिब छ लाख मानिसहरू काठमाडौँ उपत्यकाबाट

निसान सर्भिसद्वारा सातदोबाटो ट्राफिक स्टेसनलाई सहयोग

काठमाडौं– स्थानीय प्रशासनलाई सहयोग पुर्‍याउने र समुदाय पुनः स्थापनामा योगदान पुर्‍याउने

मोरोक्कोमा जेनजी आन्दोलन : शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग

रबात- मोरोक्कोमा हाल जेनजी समूहका युवाहरूले भ्रष्टाचार, बेरोजगारी र सामाजिक

गौतम, पराजुली, ढकाल र खनाल रास्वपा सचिवालयमा मनोनित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले चारजना नेताहरूलाई सचिवालयमा मनोनित गरेको छ।

किसानलाई सयपत्री टिप्न भ्याइनभ्याइ (तस्बिरहरू)

काठमाडौं– तिहार सुरू भएसँगै काठमाडौंको सेतो गुम्बा क्षेत्रका किसानहरू फूल