अफ्रिकाबाट लिथियम आयात गर्ने विषयमा एनएलसी इण्डिया र रुसी कम्पनीबीचको छलफल अन्तिम चरणमा « Khabarhub

अफ्रिकाबाट लिथियम आयात गर्ने विषयमा एनएलसी इण्डिया र रुसी कम्पनीबीचको छलफल अन्तिम चरणमा


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा केन्द्र सरकारले सञ्चालन गर्दै आएको एनएलसी इण्डिया नामक कम्पनीले अफ्रिकाबाट लिथियम आयात गर्ने भएको छ । अफ्रिकाबाट लिथियम आयात गर्ने विषयमा रुसको सरकार सञ्चालित कम्पनीसँग वार्ता भइरहेको जनाइएको छ ।

भारतीय आर्थिक अनलाइन पोर्टल इकोनोमिक टाइम्सका अनुसार एनएलसीले अफ्रिकी मुलुक मालीबाट लिथियम आयातका गर्नका लागि रुसी कम्पनीसँग स्वामित्वमा सहभागिताबारे छलफललाई अन्तिम चरणमा पु¥याएको छ । पछिल्लो समय भारतमा लिथियमको माग बढ्दै गएको छ ।

ब्याट्री निर्माणका लागि अत्यन्त महत्वपूर्ण मानिएको लिथियम विद्युतीय सवारी, घरायशी विद्युतीय उपकरण र अन्य प्रयोजनका लागि अपरिहार्य मानिन्छ ।

परम्परागत रुपमा कोइला र लिग्नाइट उत्खनन् गर्दै आएको एनएलसीले हाल नवीकरणीय ऊर्जाको क्षेत्रमा पनि काम गरिरहेको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  १० : ३७ बजे

च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

काठमाडौँ – क्यामिलो डुरानको दुई उत्कृष्ट गोलको मद्दतले सेल्टिकले युरोपेली

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६