पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यको निधन « Khabarhub

पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यको निधन


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

ललितपुर – पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको निधन भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले दिएको जानकारीअनुसार आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा उहाँको ८९ वर्षको उमेरमा निधन भएको हो ।

“स्वर्गीय बज्राचार्यको शव अहिले महाराजगञ्ज अस्पतालमा नै राखिएको छ, उहाँका कान्छा छोरा विदेशबाट फर्किएपछि भोलि अन्त्येष्टि हुनेछ”, महानगरप्रमुख महर्जनले भने ।

विसं २०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री नियुक्त हुनुभएका बज्राचार्य त्यसअघि विसं २०६० मा ललितपुरको नगरप्रमुख बनेका थिए।

विसं २०२७ मा तत्कालीन ललितपुर पञ्चायत १७ को वडाध्यक्ष, २०३२ सालमा पहिलो पटक ललितपुरको प्रधानपञ्च भई उनले काम गरेका थिए । विसं २०४६ मा प्रजातन्त्र आएपछि उहाँ एमालेबाट २०५४ मा ललितपुरको नगरप्रमुख बनेका थिए ।

व्यापार क्षेत्रबाट पहिचान बनाउँदै राजनीतिमा होमिएका बज्राचार्यले २०३६ देखि २०३७ सालसम्मको ललितपुर उद्योग वाणिज्य सङ्घको उपाध्यक्ष, २०३८ सालमा सङ्घको कार्यवाहक अध्यक्ष र २०३९ देखि २०४० सालसम्म अध्यक्षको जिम्मेवारीमा रहेर योगदान दिएका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  १० : ५५ बजे

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको