आज २०८२ साल भदौ ३ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल भदौ ३ गते मंगलबारको राशिफल


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ ३ गते मंगलबार। भाद्र कृष्ण पक्षको एकादशी तिथि। अजा एकादशी व्रत। तदनुसार सन् २०२५ अगष्ट १९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। विपक्षी साथी शान्त रहेकाले सोचेको काम बन्नेछ। परिवारभित्र भने समय दिन नसक्दा खटपटी बढ्नेछ।

वृष : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले दिनलाई सदुपयोग गर्नुपर्ने छ। स्वास्थ्य र शिक्षाको लगानीले हौसला थपिने छ। परिवारमा मनमुटाव हुने जोखिम छ। थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ।

मिथुन : दिन राम्रो छ। व्यापारमा नाफा हुनेछ। सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। लगानी गरेको क्षेत्रमा चिट्ठा पर्ने दिन छ।

कर्कट : दिन सामान्य छ। आफन्त टाढा पुग्नेछन्। अनावश्यक यात्रामा समय र पैसा खर्च हुनेछ। आफन्तले भन्दा बाहिरका साथीको साथ र सहयोग मिल्नेछ। पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

सिंह : दिन राम्रो छ। सम्पत्ति बढ्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ। राजनीतिक क्षेत्रमा उपलब्धि हात लाग्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

कन्या : दिन राम्रो छ। कृषि सम्बन्धीको व्यापारबाट नाफा हुनेछ। विपक्षी साथी शान्त भएकाले तपाईंको काम सहज बन्नेछ। परिवारमा रमाइलो घुमघाम तय हुनेछ। धार्मिक यात्रा हुने योग छ।

तुला : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। कलाको क्षेत्रमा उन्नति हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ। परिवारको विवादबाट जोगिएर काम गर्नु उचित हुन्छ।

वृश्चिक : दिन सामान्य छ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। सानो कुराले धेरै सताउने जोखिम रहेको छ। राजनीति र शिक्षामा सुधारका संकेत देखिने छन्। व्यापारमा मिहिनेतको फल प्राप्त हुनेछ।

धनु : दिन राम्रो छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। पुराना साथीसँगको भेटले नयाँ आयाम थपिने छन्। स्वास्थ्य र शिक्षामा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। दाजुभाइसँगको एकताले मन शान्त भए पनि परिवारको विवादले मन अशान्त बन्नेछ। पूर्वको यात्रा नगर्नु उचित हुन्छ। एकल लगानीले घाटा हुने जोखिम छ।

कुम्भ : दिन सामान्य छ। सानो कुरामा तनाव बढ्नेछ। सञ्चित धन खर्च हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिक काम सहजै बन्नेछन्।

मीन : दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनसक्छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने समय छ। शिक्षा र स्वास्थ्यमा ढिलासुस्ती हुनेछ। रोजगारीका क्षेत्रमा सहकर्मीसँग विवाद बढ्नेछ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ५ : ०७ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको