आज २०८२ साल भदौ ३ गते मंगलबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल भदौ ३ गते मंगलबारको राशिफल


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ ३ गते मंगलबार। भाद्र कृष्ण पक्षको एकादशी तिथि। अजा एकादशी व्रत। तदनुसार सन् २०२५ अगष्ट १९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। विपक्षी साथी शान्त रहेकाले सोचेको काम बन्नेछ। परिवारभित्र भने समय दिन नसक्दा खटपटी बढ्नेछ।

वृष : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले दिनलाई सदुपयोग गर्नुपर्ने छ। स्वास्थ्य र शिक्षाको लगानीले हौसला थपिने छ। परिवारमा मनमुटाव हुने जोखिम छ। थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ।

मिथुन : दिन राम्रो छ। व्यापारमा नाफा हुनेछ। सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। लगानी गरेको क्षेत्रमा चिट्ठा पर्ने दिन छ।

कर्कट : दिन सामान्य छ। आफन्त टाढा पुग्नेछन्। अनावश्यक यात्रामा समय र पैसा खर्च हुनेछ। आफन्तले भन्दा बाहिरका साथीको साथ र सहयोग मिल्नेछ। पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

सिंह : दिन राम्रो छ। सम्पत्ति बढ्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ। राजनीतिक क्षेत्रमा उपलब्धि हात लाग्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

कन्या : दिन राम्रो छ। कृषि सम्बन्धीको व्यापारबाट नाफा हुनेछ। विपक्षी साथी शान्त भएकाले तपाईंको काम सहज बन्नेछ। परिवारमा रमाइलो घुमघाम तय हुनेछ। धार्मिक यात्रा हुने योग छ।

तुला : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। कलाको क्षेत्रमा उन्नति हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ। परिवारको विवादबाट जोगिएर काम गर्नु उचित हुन्छ।

वृश्चिक : दिन सामान्य छ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। सानो कुराले धेरै सताउने जोखिम रहेको छ। राजनीति र शिक्षामा सुधारका संकेत देखिने छन्। व्यापारमा मिहिनेतको फल प्राप्त हुनेछ।

धनु : दिन राम्रो छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। पुराना साथीसँगको भेटले नयाँ आयाम थपिने छन्। स्वास्थ्य र शिक्षामा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। दाजुभाइसँगको एकताले मन शान्त भए पनि परिवारको विवादले मन अशान्त बन्नेछ। पूर्वको यात्रा नगर्नु उचित हुन्छ। एकल लगानीले घाटा हुने जोखिम छ।

कुम्भ : दिन सामान्य छ। सानो कुरामा तनाव बढ्नेछ। सञ्चित धन खर्च हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिक काम सहजै बन्नेछन्।

मीन : दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनसक्छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने समय छ। शिक्षा र स्वास्थ्यमा ढिलासुस्ती हुनेछ। रोजगारीका क्षेत्रमा सहकर्मीसँग विवाद बढ्नेछ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ५ : ०७ बजे

१२ वर्षमा गायन यात्रा सुरु गरेकी एन्जिला (भिडियो वार्ता)

काठमाडौं – एन्जिला रेग्मी नेपाली संगीतको चम्किलो नक्षत्र हुन्, जसको

करेन्ट लागेर एक वर्षमा १५ जनाको मृत्यु

झापा– झापाको ग्रामीण क्षेत्रमा विद्युतको असुरक्षित प्रयोगका कारण विद्युत प्रवाह

लगानीकर्ताका लागि उत्तम समय : कर्जामा पाँच वर्षयताकै सस्तो ब्याज

काठमाडौं – नेपालको बैंकिङ क्षेत्रबाट प्रवाहित हुने कर्जाको ब्याजदर पाँच

अनिता अद्वानीको खुलासा: डिम्पल कपाडियाभन्दा अघि नै राजेश खन्नासँग विवाह

काठमाडौं – बलिउड अभिनेत्री अनिता अद्वानीले दिवंगत सुपरस्टार राजेश खन्नाबारे

नेपालमा रुबेला उन्मूलनको घोषणा, विश्व स्वास्थ्य संगठनबाट बधाई

काठमाडौं– बालबालिकाको प्राणघातक रोग रुबेला उन्मूलनमा नेपालले सफलता पाएको छ