ट्रम्पले गरे युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल, पुटिनसँग अर्को बैठकको तयारी « Khabarhub

ट्रम्पले गरे युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल, पुटिनसँग अर्को बैठकको तयारी


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

वासिंगटन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युदबारेमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसहितका नेतासँग बैठक गरेका छन्।

उनले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, बेलायतका प्रधानमन्त्री कियर स्टार्मर, जर्मनीका फ्रिडरिख मर्ज र नाटो महासचिव मार्क रुट् लगायतका नेताहरूसँग पनि ह्वाइट हाउसमा अत्यन्तै राम्रो बैठक भएको बताएका छन्।

बैठकमा युक्रेनका लागि सुरक्षा ग्यारेन्टीबारे छलफल भएको थियो। जसलाई संयुक्त राज्य अमेरिका र विभिन्न युरोपेली मुलुकले संयुक्त रूपमा समन्वय गर्नेछन्।

ट्रम्पले बैठकमा सहभागी रूस–युक्रेन द्वन्द्वमा शान्तिको सम्भावनाप्रति आशावादी रहेको ट्रुथ सोसलमा बताएका छन्।

Trump Russia Ukraine War

बैठकको अन्त्यमा उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरे। उनले पुटिन र जेलेन्स्कीबीच हुने बैठकको तयारी थालिएको जानकारी दिएका छन्। उक्त बैठकपछि दुई राष्ट्रपति र आफू सहभागी हुने त्रिपक्षीय सम्मेलन आयोजना गरिने उनले बताएका छन्।

ट्रम्पले यसलाई झण्डै चार वर्षदेखि जारी युद्धलाई अन्त्यतर्फ लैजाने प्रारम्भिक कदम भनेका छन्। उनले उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो र विशेष दूत स्टिभ विट्कफ रूस र युक्रेनसँग सक्रिय समन्वयमा रहेको जानकारी दिएका छन्।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ६ : ४१ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका