‘बेरोजगार बनेका’ पुष्पले बल्ल पाए फिल्म « Khabarhub

‘बेरोजगार बनेका’ पुष्पले बल्ल पाए फिल्म


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक–नायिकाको करिअरको ग्राफ कुन बेला कता पुग्छ टुङ्गो हुँदैन । केही वर्ष अघिसम्म व्यस्त नायक–नायिका अहिले गुमनाम छन् ।

ती मध्येका एक हुन्– नायक पुष्प खड्का । ०७६ को सुरुवातमा फिल्म ‘मारुनी’को छायाङ्कनका दौरान उनलाई फिल्ममा लिन सकस रहेको खबर चर्चामा थियो ।

त्यस बेला उनले ‘फिल्ममा साइन गर्नका लागि राम्रै डिमान्ड गर्छन्’ भन्ने चर्चा थियो । त्यही ताका उनले ३० लाख पारिश्रमिक लिन्छन् भन्ने समाचार बाहिरिएका थिए ।

यो तत्कालीन समयमा नायकद्वय अनमोल केसी र प्रदीप खड्काले लिने गरेको पारिश्रमिक बराबर हो । उनलाई त्यस बेला प्रदीप र अनमोलको प्रतिस्पर्धीको रूपमा पनि लिइएको थियो ।

तर, बक्स अफिसमा फिल्म लगातार फ्लप भएपछि पुष्प ठूलो पर्दाबाट बेरोजगार नै बने ।

चार वर्ष अघिसम्म व्यस्त नायकमा गनिने पुष्प दुई वर्षदेखि फिल्मबाट टाढा छन् । प्रदर्शनमा आएको उनको अन्तिम फिल्म ‘तिम्रो मेरो साथ’ हो । यो ०७९ पुसमा प्रदर्शनमा आएको थियो ।

०८०, ०८१ र ०८२ को साउन महिना बित्दासम्म उनको फिल्म प्रदर्शनमा आएको छैन । उनले म्युजिक भिडियोमै चित्त बुझाएका छन् ।

बीचमा उनले फिल्म साइन नगरेका पनि होइनन् । ०८० चैतमा ‘सिड्नी ब्लुज’ साइन गरे । यो फिल्म सन् २०२४ मा प्रदर्शनमा आउने भनिएको थियो । अहिले यो फिल्मको चर्चा नै हुन छाडेको छ । न यो फिल्म छायाङ्कनमा निस्कन सक्यो ।

गत जेठमा उनले अर्को फिल्म ‘महाराजधिराज’ साइन गरेका थिए । नायक पल शाहले हात झिकेपछि यो फिल्मको छायाङ्कन पनि अन्योलमा परेको छ ।

करिब साढे दुई वर्ष फिल्मबाट बेरोजगार रहेका पुष्पले फिल्म ‘२६ आँकडा’ साइन गरेका छन् । नायिका रेखा थापा ब्यानर ‘रेखा फिल्मस्’बाट बन्ने भनिएको यस फिल्मको एक मध्येका एक भूमिकाका लागि उनी अनुबन्ध भएको निर्माण पक्षले बताएको छ ।

यस फिल्मको नायिका रेखा थापा र पूजा शर्मा हुन् । उनी पूजाको अनस्क्रिन जोडीको भूमिकामा रहेको बताइएको छ ।

यो फिल्मको छायाङ्कन मंगलबारबाट सुरु भएको छ । अर्थात्, यही वर्ष वा अर्को वर्षको सुरुवातमा पुष्प ठूलो पर्दामा फर्कने पक्का भएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ४ : ४७ बजे

निर्वाचन आचारसंहिताविपरीत गतिविधि नगर्न रास्वपालाई नवलपरासी प्रशासनको आग्रह

नवलपरासी– जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई

भारतको क्रिकेट : ‘ए प्लस’बाट रोहित र विराटको किन भयो ग्रेड ‘बी’मा घटुवा ?

काठमाडौं – भारतको क्रिकेटका स्टार ब्याट्सम्यान रोहित शर्मा र विराट

बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो, पोखरा र काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य

बागलुङ– लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स/प्लाज्मा)

विश्वकप नखेल्ने निर्णय गरेको बंगलादेशलाई आईसीसीले वित्तीय र प्रशासनिक कारबाही नगर्ने

काठमाडौं – विश्वकप नखेल्ने निर्णय गरेको बंगलादेश अन्तर्राष्ट्रिय क्रिकेट परिषद्

कांग्रेस उपसभापति शर्मा पाँच जिल्लाको चुनावी दौडाहामा, आज बाँके पुग्दै 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई