सामाजिक सञ्जालमा शेयर बजार सम्बन्धी भ्रामक सामाग्री प्रति नेप्सेको चासो  « Khabarhub

सामाजिक सञ्जालमा शेयर बजार सम्बन्धी भ्रामक सामाग्री प्रति नेप्सेको चासो 


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– सामाजिक सञ्जालमा शेयर बजार सम्बन्धी भ्रामक सामाग्री आएकोमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले चासो देखाएको छ । नेप्सेले एक विज्ञप्ति जारी गर्दै चासो देखाएको हो । 

नेप्सेको नाममा सामाजिक सञ्जालहरूमा सेयर बजार सम्बन्धी भ्रामक तथा अनधिकृत सामग्री स्टक टिप, सेयर किनबेचका सिफारिस, नक्कली भिडियो/अडियो लगायतका झुटा दाबीहरू देखिन थालेको र यस्ता गतिविधिले सर्वसाधारण लगानीकर्ताको मनोबलमा प्रतिकूल असर पर्ने नेप्सेको भनाई थियो । 

‘नेप्सेले कुनै पनि धितोपत्र किन्न वा बेच्न सल्लाह नदिने प्रतिफलको ग्यारेन्टी नगर्ने, खरिद वा विक्री गर्ने मूल्य नतोक्ने प्रष्ट पार्न चाहन्छौँ त्यस किसिमका सामग्री नितान्त भ्रामक र अनधिकृत हुन्’, नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
 
नेप्सेले सूचना/प्रेस नोट नेप्सेको वेबसाइट र आधिकारिक सामाजिक सञ्जालबाट प्रकाशित गर्ने भएकाले नेप्सेको नाम अनधिकृत प्रयोग गर्ने, नेप्सेसँग मिल्दोजुल्दो नाम राखेर वेबसाइट चलाउने एप बनाउने, च्याट ग्रुप बनाउने लगायतका कार्य दण्डनीय अपराध हुने नेप्सेले बताएको छ । 

हल्ला, उक्साहट, अनधिकृत घ्याट–ग्रुप, क्लबहाउस, टेलिग्राम लगायतका आधारमा कारोबार नगर्न नेप्सेले आग्रह गरेको छ । 

नेप्सेको नाम, लोगो, भवनको तस्बिर प्रयोग गरेर एप पेज, समूह बनाइएका माध्यमहरूमा व्यक्तिगत विवरण नदिनुहोस् कसैलाई पनि आफ्नो पासवर्ड नदिन समेत नेप्सेले आग्रह गरेको छ ।  ।

शङ्कास्पद सामग्री देखिएमा स्क्रिनसट लिङ्क सहित नेप्सेको इमेल मार्फत जानकारी दिन नेप्सेले आग्रह गरेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १२ : ५३ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा