वीरगञ्ज भन्सारद्वारा १८ अर्ब ३९ करोड राजस्व संकलन « Khabarhub

वीरगञ्ज भन्सारद्वारा १८ अर्ब ३९ करोड राजस्व संकलन


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा रु १८ अर्ब ३९ करोड ६७ लाख राजस्व संकलन गरेको छ । 

वीरगञ्ज भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय एउटै कार्यालयमा गाभिएपछि सो राजस्व संकलन भएको हो । गत साउन १ गतेदेखि दुवै कार्यालयले एउटैमा गाभिएर सेवा प्रवाह गर्दै आइरहेका छन् । कार्यालयका अनुसार चालु आवको साउन महिनाको मासिक लक्ष्यको ८७  दशमलव ६८ प्रतिशत राजस्व संकलन भएको छ ।

भन्सार विभागले कार्यालयलाई साउन महिनामा रु २० अर्ब ९८ करोड २१ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।  कार्यालयले गत आवको साउन महिनामा भने १५ अर्ब ९२ करोड राजस्व संकलन गरेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिए । 

विभागले कार्यालयका लागि वार्षिक रु दुई खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।
 

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १२ : ४९ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क