हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे | Khabarhub Khabarhub

हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हुलाक सेवा विभागले सरदार भीमबहादुर पाँडेको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ ।

काठमाडौँमा आज हुलाक सेवा विभागद्वारा आयोजित सरदार भीमबहादुर पाँडेको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले टाँचा लगाए। मन्त्री गुरुङले विभागले देशभक्त र राष्ट्रसेवकको खोजी गर्दै हुलाक टिकटमा जीवन्त बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘हुलाक टिकटले इतिहास जोगाउँछ र यस्ता राष्ट्रसेवकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत गर्छ ।’

सरदार पाँडे देशभक्त काजी कालु पाँडेका छैटौँ पुस्ताका सन्तती हुन् । पाँडे भारतदेखि वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्ने पहिलो नेपालीसमेत थिए । प्रशासन, कुटनीतिक, लेखनलगायत समाजसेवामा पाँडेले गरेको योगदानको सम्मान स्वरुप हुलाक टिकट प्रकाशन गरिएको मन्त्री गुरुङले बताए। यसले अग्रजको आदर गर्ने र युवा पुस्तालाई प्रेरणासमेत मिल्ने उनको भनाइ छ ।

विभागले पछिल्लो समय देशभक्त र राजनीतिज्ञसँगै समाजमा लोपोन्मुख रैथाने बाली, संस्कृति, परम्परा र जनजीवनका तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन गरी प्रचारप्रसार गर्न थालेको छ ।

कार्यक्रममा सरदार भीमबहादुर पाँडेका आफन्त र छोराछोरी सहभागी थिए । जसमा उनका माइला छोरा हिमालय पाँडेले बुुबा भीमबहादुर पाँडेको नाममा हुलाक टिकट प्रकाशन गरिनुले राष्ट्रबाट पुरै परिवार नै सम्मानित भएको महसुस गरेको बताए।

सञ्चार सचिव राधिका अर्यालले सरदार भीमबहादुरको जीवनी, सङ्घर्ष र योगदानबाट आफू सधैँ प्रेरित रहेको बताए । 

विभागका महानिर्देशक मनमाया पंगेनी भट्टराईले सरदार पाँडेजस्ता राष्ट्रसेवकको नामको हुलाक टिकट प्रकाशन गरिनु सिंगो मुलुकको ऐतिहासिक दस्तावेजको संरक्षण गरिनु रहेको बताए ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १२ : ५४ बजे

संसद भवनको निर्माणकार्य ढिलाईमा उपप्रधानमन्त्री सिंहको चासो

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संसद् भवन

विकास हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत

काठमाडौं– विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ९० लाख ९१ हजार १३

सरकारलाई युवाको प्रश्न- विपिन जोशी कहाँ छन् ?

काठमाडौं– विपिन जोशीको अवस्था अविलम्ब पत्ता लगाउन भन्दै युवाहरूले नेपाल

सौर्य एयर दुर्घटना प्रतिवेदनप्रति पीडितको आक्रोश– ‘चार वर्षको बच्चा वयस्क बनाउनेलाई किन उन्मुक्ति ?’

काठमाडौं– सौर्य एयरलाइन्सको दुर्घटनामा छोरी, ज्वाई र चार वर्षका नाति

किम जोङ उनद्वारा नयाँ युद्धपोत निरीक्षण, अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यासको आलोचना

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो सबैभन्दा उन्नत