चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ मा रहेको वाङ यीको भनाइ « Khabarhub

चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ मा रहेको वाङ यीको भनाइ


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- चीन र भारतबीचको सम्बन्ध सहयोगको दिशामा ‘सकारात्मक प्रवृत्ति’ मा रहेको चिनियाँ विदेशमन्त्री वाङ यीले बताएका छन् । नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षीसँगको भेटपछि मङ्गलबार प्रकाशित विवरणअनुसार उनले यस्तो बताएका हुन् ।

विश्वका दुई सबैभन्दा बढी जनसङ्ख्या भएका राष्ट्रहरू दक्षिण एसियाभरि प्रभावका लागि प्रतिस्पर्धा गर्ने तीव्र प्रतिद्वन्द्वी हुन् र सन् २०२० मा उनीहरूबीच घातक सीमा द्वन्द्व भएको थियो ।

भारत संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र जापानसमेत सम्मिलित क्वाड सुरक्षा गठबन्धनको सदस्य हो । क्वाडलाई चीनले आफ्नो प्रतिरोधका रूपमा हेर्दै आएको छ ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर युद्धले निम्त्याएको विश्वव्यापी व्यापार र भूराजनीतिक उथलपुथलबीच यी दुई देश सम्बन्ध सुधारतर्फ अघि बढिरहेका छन् ।

सोमबार भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करसँगको वार्तामा वाङले दुई देशले एकअर्कालाई विरोधी वा खतराको सट्टा साझेदार र अवसरका रूपमा हेर्नुपर्ने बताए ।

द्विपक्षीय सम्बन्ध ‘सहयोगको मुख्य मार्गमा फर्कने सकारात्मक प्रवृत्ति’ मा रहेको प्रमाणका रूपमा उनले ‘सबै तहमा वार्ता पुनः सुरु भएको’ र ‘सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम भएको’ कुरा औँल्याए ।

वाङ आफ्नो तीन दिने भ्रमणमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने अपेक्षा गरिएको छ ।

भारतीय मिडियाका अनुसार मोदी यसै महिना चीनको भ्रमण गर्न सक्नेछन् । यो सन् २०१८ पछि उनको पहिलो भ्रमण हुनेछ ।

मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले रुसमा पाँच वर्षपछि पहिलोपटक भेट गरेपछि अक्टोबरदेखि सम्बन्धमा सुधार आएको मानिन्छ ।

चिनियाँ र भारतीय अधिकारीहरूले हालैका हप्ताहरूमा दुई देशले सन् २०२० देखि रोकिएको सीमा व्यापार पुनः सुरु गर्नेबारे छलफल गरिरहेको बताएका छन् ।

यसको पुनः प्रारम्भ प्रतीकात्मक रूपमा महत्त्वपूर्ण हुने बताइन्छ र यसपछि प्रत्यक्ष उडानहरू पुनः सुरु गर्ने तथा पर्यटक भिसा जारी गर्नेबारे पनि छलफल हुने अपेक्षा गरिएको छ । -रासस

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १ : ०३ बजे

विश्वकप लिग-२ : कीर्तिपुरमा भिड्दै अमेरिका र स्कटल्यान्ड

काठमाडौँ – विश्वकप लिग–२ मा बुधबार तालिकाको शीर्ष स्थानका अमेरिका

म्याग्दीको बिम गाउँमा पक्की पदमार्ग

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँको पदमार्गलाई पक्की

हुम्लामा पहिरोले घर गोठ बगायो

हुम्ला – हुम्लाको चंखेली गाउँपालिका–५ मा भीषण असिनापानीपछि आएको पहिरोले

सशस्त्रका डीआईजी अञ्जनी पोखरेल एआईजीमा बढुवा सिफारिस

काठमाडौँ– सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेलको

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।