भारतको आवश्यकतामा चीनले सहयोग गर्ने | Khabarhub Khabarhub

भारतको आवश्यकतामा चीनले सहयोग गर्ने


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- चीनले भारतका तीन प्रमुख चिन्ताहरू – दुर्लभ खनिज तत्व, मल र टनेल बोरिङ मेसिनको आवश्यकतालाई सम्बोधन गर्ने वाचा गरेको छ ।

स्रोतका अनुसार, चिनियाँ विदेशमन्त्री वाङ यीले भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करलाई चीनले भारतका यी तीन आवश्यकता पूरा गर्न सहयोग गर्ने आश्वासन दिए ।

चिनियाँ विदेशमन्त्री दुई दिने भ्रमणका लागि सोमबार भारत आइपुगेका हुन् ।

यसअघि सोमबार विदेशमन्त्री जयशङ्करले आफ्नो प्रारम्भिक टिप्पणीमा ‘आर्थिक र व्यापारिक मुद्दा, तीर्थयात्रा, जनता–जनताबीचको सम्पर्क, नदी डाटा साझेदारी, सीमा व्यापार, कनेक्टिभिटी र द्विपक्षीय आदानप्रदान’ मा छलफल हुने बताएका थिए ।

उनीहरूले यस वर्ष जुलाईमा भएको चीन भ्रमणको क्रममा उठाइएका चिन्ताहरूलाई पनि पछ्याएका थिए ।

चिनियाँ विदेशमन्त्रीसँगको भेटमा जयशङ्करले भारत–चीन सम्बन्धका विभिन्न पक्ष र आयामहरूबारे जोड दिएका थिए ।

“यस सन्दर्भमा प्रतिबन्धात्मक व्यापार उपाय र अवरोधहरूबाट बच्न आवश्यक छ । भारत र चीनबीचको स्थिर र रचनात्मक सम्बन्ध हाम्रो मात्र होइन, विश्वकै फाइदाका लागि हो । आपसी सम्मान, आपसी हित र संवेदनशीलताको आधारमा सम्बन्ध सम्हालिँदा यो अझ राम्रो हुन्छ”, उनले भने, “मतभेद विवाद वा प्रतिस्पर्धाको द्वन्द्वमा बदलिनु हुँदैन ।”

चिनियाँ विदेशमन्त्रीको भारत भ्रमणले दुई देशलाई द्विपक्षीय सम्बन्धको समीक्षा गर्ने र विश्वव्यापी अवस्था तथा आपसी हितका मुद्दामा विचार आदानप्रदान गर्ने अवसर प्रदान गरेको उनले बताए ।

पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा एलएसीमा चिनियाँ सेनाको गतिविधिले उत्पन्न गतिरोधपछि भारत–चीन सम्बन्ध बिग्रिएको थियो । यो गतिरोध सन् २००० अप्रिल–मेमा सुरु भएको हो, जसमा केही घर्षण विन्दुबाट सेना फिर्ता गर्ने सम्झौतापछि केही तनाव घटेको छ ।

सन् २०२४ को ब्रिक्स शिखर सम्मेलनअघि भारत र चीनले एलएसीमा गस्ती व्यवस्था गर्ने सहमति गरेका थिए ।

हालका महिनामा दुवै देशले सम्बन्ध सुधार गर्ने कदम चालेका छन् । भारतले पूर्वी लद्दाखमा एलएसीमा ‘डि–एस्केलेसन’ (तनाव घटाउने प्रक्रिया) अघि बढाउनुपर्नेमा जोड दिएको छ ।

युक्रेन युद्धको समाधान खोज्ने प्रयास र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका करका कारण उत्पन्न भू–राजनीतिक उतारचढावबीच जयशङ्करले विश्वव्यापी अर्थतन्त्रमा स्थिरता बढाउन आवश्यक रहेको बताएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी अगस्ट ३१ देखि सेप्टेम्बरसम्म तियानजिनमा हुने साङ्घाई सहयोग सङ्गठन एससिओ शिखर सम्मेलनमा भाग लिन चीन जाने अपेक्षा गरिएको छ ।

-रासस/एएनआई

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  २ : ४६ बजे

विद्यालय र सिकाइ केन्द्रका जग्गा विवरण खोज्दै मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालय र सिकाइ

काठमाडौंको एनपीएल ट्रफी जात्रा पाटन दरबार स्क्वायरमा (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरू हुनुअघि

रेशमको ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ ले पायो मान्यता (तस्बिरहरू)

काठमाडौं– रेशम चौधरीको संरक्षकत्वमा कबीर सोप अध्यक्ष रहने गरी निर्वाचन

फिलिपिन्समा शक्तिशाली चक्रवात : मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो

एजेन्सी– फिलिपिन्समा हालै आएको दुईवटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको

 अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं– कञ्चनपुरको भिमदत्त नगरपालिका-१ भासी साईफन नहरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ