मोरङमा पूर्वराष्ट्रपतिले भनिन्- विशेष जिम्मेवारी पूरा गरेर सदस्यका रुपमा एमालेमा सक्रिय भइसकेँ | Khabarhub Khabarhub

मोरङमा पूर्वराष्ट्रपतिले भनिन्- विशेष जिम्मेवारी पूरा गरेर सदस्यका रुपमा एमालेमा सक्रिय भइसकेँ


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

विराटनगर- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार दिउँसो एमाले मोरङ जिल्ला कमिटीको विराटनगरस्थित पार्टी कार्यालय पुगेकी छन् ।

पार्टी केन्द्रले कुनै पनि कार्यक्रम नराख्न दिएको निर्देशन चिर्दै उनी विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालय पुगेर एमाले नेता-कार्यकर्तालाई सम्बोधन गरेकी छन् ।

पार्टी कार्यालय पुगेपछि उनले जननेता मदन भण्डारी, मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरिन्।

एमालेको प्रदेश र केन्द्रीय नेतृत्वले भण्डारी समूहलाई पार्टी कार्यालयमा कुनै कार्यक्रम नराख्न निर्देशन दिएको थियो । पार्टी कार्यालय अवलोकनका लागि पुगेकी उनलाई एमाले जिल्ला कमिटी र विराटनगर महानगर कमिटीका नेताहरूले स्वागत गरे ।

जिल्ला र महानगरको नेतृत्वमा भण्डारी समूहले पकड बनाएको छ । भण्डारी पुग्दा एमाले अध्यक्ष केपी शर्मा ओली अर्थात् सांस्थापन पक्षका नेता कार्यकर्ता भने पार्टी कार्यालयमा देखिएनन् ।

एमाले संस्थापन पक्षले भण्डारी सहभागी कार्यक्रममा नजान उर्दी जारी गरेको थियो । भण्डारीले कार्याकर्तालाई सम्बोधन गर्दै २०७२ को भूकम्पपछि पहिलो पटक पार्टी कार्यालय आउन पाएको बताइन् ।

भण्डारीले देशको आर्थिक आत्मनिर्भरता र राष्ट्रिय हितलाई सर्वोपरि राखेर अगाडि बढ्नुपर्ने बताइन् । भण्डारीले आफू पुनः पार्टी सदस्यका रूपमा सक्रिय रहेको बताइन् ।

‘धेरै दिन भएपछि मलाई यहाँ आउन मन लागेको थियो। मैले जिल्ला कमिटीका नेताहरूलाई अनुरोध गरेँ, अनि उहाँहरूले हुन्छ, हामी कार्याल देखाउँछौँ भनेर यो १०-१२ वर्षमा के परिवर्तन भयो, भौतिक संरचनाहरू हेर्न मन थियो।’

भण्डारीले आफू राष्ट्रपति निर्वाचित भएपछि राष्ट्रिय जिम्मेवारीका कारण पार्टी कार्यालयमा आउन नपाएको उल्लेख पनि गरिन् । राष्ट्रपति बिदा भएपछि पार्टी सदस्यता नवीकरण गरेको उनले बताइन् । ‘४५ वर्ष बितेछ, म पार्टी सदस्य भएको,’ उनले स्मरण गरिन् ।

उनले सम्बोधनमा विराटनगरसँगको आफ्नो गहिरो सम्बन्धबारे उल्लेख गरिन् । ‘म एमालेको सदस्य विराटनगरबाटै भएँ । शपथ पनि यहीँ खाएँ । यहीँबाट २०४६ सालको जनआन्दोलनमा होमिएँ’, उनले भनिन्, ‘सबै हिसाबले यो विराटनगर र मोरङ हाम्रो गृहजिल्ला, गृहनगर जस्तो भएको छ।’

उनले नेपालको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता कायम राख्न आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्ने बताइन् । ‘राष्ट्रिय हितलाई ध्यानमा राखेर नेपाली जनताको सामाजिक न्यायका लागि, वर्गीय हितका लागि र राष्ट्रिय रूपमा आत्मनिर्भर राष्ट्र निर्माण गर्न आर्थिक आत्मनिर्भर हुन नसकि हाम्रो राष्ट्रियता, हाम्रो सार्वभौमिकता, हाम्रो भौगोलिक अखण्डतामा पनि आँच आउन सक्छ।’

भण्डारीले आफू अहिले एमालेको सामान्य सदस्य मात्रै भएको बताइन् । राष्ट्रिय एजेन्डामा काम गर्न एमाले नै उपयुक्त पार्टी रहेको उनकोक तर्क थियो।

‘एमाले एउटा देशभक्त, राष्ट्रवादी र प्रगतिशील पार्टी हो भन्ने मेरो यो निष्कर्ष हो’, उनले भनिन्, ‘त्यसका आधारमा हामीले राष्ट्रिय काम र अभिभाराहरू एमालेले पूरा गर्न सक्छ भन्ने मलाई लाग्छ ।’ उनले विशेष कामको जिम्मेवारी पूरा गरेर पार्टीमा आबद्ध भएको पनि उनले बताइन् ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ३ : १३ बजे

शुक्लाफाँटा आरक्ष विस्थापित १३ दिनदेखि रिले अनशनमा

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन आरक्ष) विस्तारका क्रममा विस्थापित भएका

फेवाताल संरक्षणमा सरकारले ध्यान दिइरहेको छ : मुख्यमन्त्री पाण्डे

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकीय आकर्षणको केन्द्रका रूपमा

हिजबुल्लाहलाई निःशस्त्र गर्ने प्रतिबद्धतापछि अमेरिकी दूतले इजरायलसँग युद्धविरामबारे छलफल गर्ने

बेरुत- लेबनानले हिजबुल्लाहलाई निःशस्त्र बनाउने अमेरिकी समर्थित योजनालाई समर्थन गरेपछि

‘युक्रेनी बालबालिकाको अपहरण’ बारे ध्यान दिएकोमा मेलानिया ट्रम्पलाई जेलेन्स्कीले दिए धन्यवाद

वाशिङ्टन- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार अमेरिकी प्रथम महिला मेलानिया

मुख्यमन्त्री शाह र धनगढी उप-महानगरपालिका नगर प्रमुख हमालबीच भेटवार्ता

काठमाडौं– सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमल बहादुर शाह र धनगढी उप-महानगरपालिका