सीमाक्षेत्रमा तस्करी बढेपछि सशस्त्रका आईजी अर्यालले गरे ‘भर्चुअल बैठक’ | Khabarhub Khabarhub

सीमाक्षेत्रमा तस्करी बढेपछि सशस्त्रका आईजी अर्यालले गरे ‘भर्चुअल बैठक’


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय भारतसँग सीमा जोडिएका क्षेत्रमा तस्करी बढ्न थालेपछि सशस्त्र प्रहरी प्रमुख (आईजीपी) राजु अर्यालले ‘भर्चुअल मिटिङ’ राखेका छन् ।

खासगरि मधेश प्रदेशका जिल्लाहरूमा तस्करी नियन्त्रणमा खटिएका मातहतका अधिकारीहरू नै विवादमा मुछिएको सन्दर्भमा अर्यालले भर्चुअल बैठक गरेका हुन् । उता कोशीको झापादेखि सुदूरपश्चिमको कैलालीसम्मै सीमाक्षेत्र र भन्सार रहेका जिल्लामा समस्या देखिन थालेको हलचोकले निष्कर्ष निकालेको छ

उनले मंगलबार भर्चुअल माध्यमबाट सीमा क्षेत्रमा तैनाथ सबै तहका युनिट कमाण्डरहरूलाई कडा निर्देशन जारी गरेका हुन् । अर्यालले सीमा सुरक्षासम्बन्धी विविध विषयमा कडाइका साथ कार्यसम्पादन गर्न मातहतका युनिटका अधिकारीहरूलाई निर्देशन दिएका हुन् ।

अर्यालले भर्चुअल माध्यमबाट सीमा क्षेत्रमा तैनाथ सबै तहका युनिट कमाण्डरहरूलाई सीमा सुरक्षासम्बन्धी विविध विषयमा कडाइका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।

सीमा क्षेत्रमा हुने अवैध चोरी तस्करी नियन्त्रणका लागि मुख्यालयले समेत सूक्ष्म निगरानी गरिरहेको र त्यसमा कतै कमीकमजोरी देखिएमा वा शङ्का लाग्नासाथ कुनै पनि कमाण्डर छानबिन र कारबाहीको भागीदार बन्ने उनले चेतावनी दिए ।

हरेक कमाण्डर मुलुक, आमजनता र सङ्गठनको हितमा विवेक प्रयोग गर्न स्वतन्त्र रहेको स्पष्ट पार्दै उनले असल कार्यका लागि मुख्यालयको आदेशको पर्खाइमा बस्नु नपर्ने बताए।

महानिरीक्षक अर्यालले सीमा क्षेत्रमा कार्य गर्दा अपनाउनुपर्ने आचरणका विषयमा समय-समयमा काउन्सिलिङ गर्दै आचरणविपरीत कार्य गर्ने माथि कठोर हुनसमेत निर्देशन दिए । सीमा क्षेत्रबाट हुने अवैध आवतजावत रोक्नका लागि र शङ्कास्पद व्यक्ति देखिएमा त्यसलाई विशेष निगरानी गर्न तथा सीमा क्षेत्रलाई व्यवस्थित गर्न सधैँ चनाखो बन्न पनि उनले निर्देशन दिए ।

विवाद

तस्करी गरेर ल्याएको सामान बरामद भएकै संख्यामा नबुझाई हिनामिना गरेको आरोप सशस्त्रका अधिकृतहरूलाई लाग्ने गरेको छ । पछिल्लो पटक यस्तै विवादमा सशस्त्र प्रहरी बल रौतहट गणका डीएसपी अमर लामासहितका अधिकारीहरू तानिएका छन् ।

तस्करीको सबै सामान नबुझाएर बदनियत गरेको भन्दै लामासहितका अधिकृतहरूलाई छानबिनका लागि मधेश प्रदेशको बाहिनीमा तानिएको छ।

उक्त गणका डीसएपी लामासहितका करिब १२ जना प्रहरी बाहिनीमा तानिएका हुन् । तस्करीको सामान बरामद भएकै संख्यामा नबुझाएको आरोप लागेपछि उनीहरूमाथि बाहिनीले छानबिन थालेको हो ।

स्रोतका अनुसार रौतहटको चन्द्रपुरका सुनील जैसवालको तस्करीको सामान बरामद गर्दा उनीहरू विवादमा तानिएका हुन् । लामो समयदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको सेटिङमा अवैध गतिविधि गर्दै आएकमा उनको सामान बरामदपछि सही संख्यामा भन्सारमा नबुझाएको आरोप लागेको छ।

चिनी लगायतका सामानको ठूलो तस्करी सञ्जाल चलाएको आरोप सुनीलमाथि लागेको छ। उनीबाट सशस्त्र प्रहरीका उच्च पदस्थ अधिकारीले पनि फाइदा लिएको चर्चा उक्त अर्धसैनिक बलभित्र चल्ने गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको स्थानीय युनिटसँगै प्रदेश प्रहरी कार्यालय र बाहिनीलाई पनि हातमा लिएर उनले कपडा, चिनी र मोटर पार्टस तस्करी गर्ने गरेको आरोप लागिरहेको छ ।

रौतहटको गणबाट डीएसपी लामाको कमान्डमा खटिएको टोलीले गरूणा नजिकै शिवनगरमा छापा मारेर करिब ६ सय बोरा चिनी बरामद गरेको थियो । तर उक्त टोलीले १०६ बोराको मात्रै हिसाब बुझाएको आरोप लागेको छ।

बरामद गर्दाको तस्बिर र भिडियो हलचोकसम्मै पुगेपछि छानबिन थालिएको थियो । रौतहटमा जस्तै अन्य स्थानमा पनि तस्करीका सामान बरामद गर्दा गडबडी हुने गरेको रिपोर्ट आउन थालेपछि आईजी अर्यालले भर्चुअल बैठक गरेका हुन् ।

रौतहटकै अर्का व्यापारी शम्भु साहले न्यून बिजकीकरण गरेबापत तोकेरै भन्सार प्रमुख कर्मचारीलाई कमिसन दिने गरेको आरोप लागिरहेको छ । व्यापारीले एक ठेला हार्डवेयर सामानको १४ हजारसम्म घुस दिने गरेका छन् । कपडाको २० हजार र मोटर पार्टसको ५० हजार तोकिएको स्थानीय व्यापारी नै बताउँछन् ।

१० लाखको सामान ल्याउँदा बढीमा ६७ हजार मात्रै भन्सार तिरिन्छ । त्यो सामान सशस्त्र प्रहरी र भन्सारका कर्मचारीलाई मिलाएर नेपालसम्म आउने गर्दा पनि रोक्न नसकेको भनेर आलोचना हुने गरेको छ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ६ : ४३ बजे

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको

सिरहामा आधाभन्दा बढी ‘डिप बोरिङ’ सञ्चालनमा आउन सकेनन्

सिरहा – जिल्लामा सिँचाइका लागि गाडिएका चार सय ३३ वटा