‘युक्रेनी बालबालिकाको अपहरण’ बारे ध्यान दिएकोमा मेलानिया ट्रम्पलाई जेलेन्स्कीले दिए धन्यवाद « Khabarhub

‘युक्रेनी बालबालिकाको अपहरण’ बारे ध्यान दिएकोमा मेलानिया ट्रम्पलाई जेलेन्स्कीले दिए धन्यवाद


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘शान्ति पत्र’ लेख्दै ‘युक्रेनी बालबालिकाको अपहरण’ को मुद्दा उठाएकोमा धन्यवाद दिएका छन् ।

आफ्नो कृतज्ञता व्यक्त गर्दै उनले युद्धमा सबै कैदीहरूको आदानप्रदानका लािग सँग वार्ता गर्न काम गर्ने बताए ।

“म फ्लोटस (फस्र्ट लेडी अफ द युनाइटेड स्टेट्स) मेलानिया ट्रम्पलाई यस युद्धको सबैभन्दा पीडादायी र कठिन मुद्दामध्ये एक—रुसले युक्रेनी बालबालिकाहरूको अपहरण—मा ध्यान दिएकोमा धन्यवाद दिन चाहन्छु”, उनले मङ्गलबार एक्समा पोस्ट गर्दै लेखेका छन्, “हामी उहाँको करुणा र पुटिनलाई लेखिएको पत्रको गहिरो कदर गर्दछौँ । यो मुद्दा युद्धको मानवीय त्रासदीको मुटुमा छ—हाम्रा बालबालिकाहरू, टुटेका परिवार, अलगावको पीडा । कम्तिमा २० हजार बालबालिकालाई लगिएको छ । मैले राष्ट्रपति ट्रम्पलाई युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्काबाट मेलानियालाई कृतज्ञता पत्र पठाउन आग्रह गरेको छु । उहाँको आवाज महत्त्वपूर्ण छ, र उहाँको हेरचाहले यस उद्देश्यलाई शक्ति दिन्छ ।”

जेलेन्स्कीले प्रत्येक बालबालिकालाई घर ल्याउने दिशामा अथक प्रयास गरिरहेको बताए ।

उनले भने, “यही कुरा हाम्रा युद्धबन्दीहरू र सन् २०१४ देखि रुसमा अत्यन्त खराब अवस्थामा राखिएका नागरिकहरूका लागि पनि लागू हुन्छ । हजारौँ मानिस अझै पनि मुक्त हुन आवश्यक छ—र यो शान्ति निर्माणको एउटा हिस्सा हो । हामी सबै युद्धबन्दीहरूको आदानप्रदानका लागि रूसँग वार्ता गर्नेछौँ र मद्दत गर्ने बलिया साथीहरू पाएकोमा आभारी छौँ ।”

जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोस्टको जवाफमा पनि टिप्पणी गरे । मङ्गलबार ट्रम्पले उनी र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन ‘बेपत्ता बालबालिकाहरूको विशाल विश्वव्यापी समस्या’ बारे छलफल गरिरहेको बताएका छन् । ट्रम्पले यस विषयलाई प्राथमिकता भएको बताउँदै विश्वले बालबालकाहरूलाई परिवारमा फर्काउन काम गर्ने आशा व्यक्त गरे ।

ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, “युरोपेली आयोगकी सम्मानित अध्यक्ष उर्सुला भोन डेर लेयन र मैले बेपत्ता बालबालिकाहरूको ठूलो विश्वव्यापी समस्या बारे छलफल गर्‍यौँ । मेरी श्रीमती मेलानियासँग पनि यो ठूलो विषय हो । यो सबै सूचीको शीर्षमा रहेको विषय हो र विश्वले यसलाई समाधान गर्न सँगै काम गर्नेछ, आशा छ उनीहरूलाई परिवारमा फर्काउन सकिन्छ !”

अगस्ट १५ मा मेलानिया ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई पत्र लेख्दै बालबालिका र भावी पुस्ताको सुरक्षाका लागि ‘यो समय हो’ भनेर आग्रह गरेकी थिइन् । पत्रमा भनिएको थियो, “यस्तो साहसी विचारले सबै मानवीय विभाजनलाई पार गर्छ ।”

यसअघि राष्ट्रपति जेलेन्स्कीले अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पका लागि युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्काको पत्र राष्ट्रपति ट्रम्पलाई उपहार दिएका थिए ।

यो विकास डोनाल्ड ट्रम्प, युरोपेली नेताहरू र युक्रेनी राष्ट्रपति बीचको बहुपक्षीय बैठकपछि भएको हो ।

सप्ताहन्तमा ट्रम्प र पुटिनबीच भेट भएको थियो । त्यसपछि जेलेन्स्कीले ट्रम्पसँग भेट गरेका थिए ।

युरोपेली नेताहरू पनि वासिङ्टनमा युक्रेनसँग एकता देखाउन र युद्धपछिका सम्झौतामा बलियो सुरक्षा ग्यारेन्टीको वकालत गर्न आएका थिए ।

बैठकमा डोनाल्ड ट्रम्प, भोलोदिमर जेलेन्स्की, बेलायती प्रधानमन्त्री किर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी, जर्मनीका चान्सलर फ्रेडरिक मेर्ज, फिनल्यान्डका अलेक्जान्डर स्टब, नाटो महासचिव मार्क रुट र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन सहभागी थिए ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ७ : २८ बजे

लगातार तीन दिन सार्वजनिक बिदा : आज अस्पतालमा ओपिडी सेवा सञ्चालन

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले बढी धुवाँ

अमेरिकी डलर १५२ नाघ्यो : शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ –  आज २०८३ साल वैशाख १८ गते शुक्रबार। वैशाख