आर्थिक वर्षको पहिलो महिनामा २४ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता | Khabarhub Khabarhub

आर्थिक वर्षको पहिलो महिनामा २४ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको औद्योगिक क्षेत्रमा २४ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागले प्रकाशन गरेको तथ्यांकअनुसार साउन महिनामा विभिन्न १२७ वटा उद्योगमा २४ अर्ब १० करोड ४९ लाख ९५ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।

सो अवधिमा ८१ वटा उद्योगमा अटोमेटिक रुटमार्फत ७३ करोड सात लाख ४५ हजार रुपैयाँ बराबरको र प्रणालीमार्फत विभिन्न ४६ वटा उद्योगमा २३ अर्ब ३७ करोड ४२ लाख ५० हजार रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

साउन महिनामा आएको वैदेशिक लगानी प्रतिबद्धतामध्ये १२५ वटा साना उद्योगको लागि र दुईवटा ठूलो उद्योगको लागि रहेको छ । जसमध्ये सबैभन्दा धेरै कृषि क्षेत्रमा ८३ प्रतिशत, पर्यटन क्षेत्रमा १३ प्रतिशत, उर्जा क्षेत्रमा १ प्रतिशत, उत्पादन क्षेत्रमा एक प्रतिशत, सेवा क्षेत्रमा एक प्रतिशत र सूचना प्रविधि क्षेत्रमा एक प्रतिशत रहेको छ ।

साथै, साउन महिनामा विभिन्न आठवटा कम्पनीको सेयर खरिद सम्झौता भएको र विभिन्न पाँच वटा कम्पनीको प्रविधि हस्तान्तरण सम्झौता भएको छ ।

सो अवधिमा विभिन्न विदेशी कम्पनीले दुई अर्ब ९० करोड ७७ लाख ८९ हजार ५४० रुपैयाँ रोयल्ट र लाभांश लगेको विभागको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ८ : ०६ बजे

गण्डकी प्रदेशसभा बैठक आज बस्दै

कास्की– गण्डकी प्रदेशसभाको बैठक आज बस्दैछ । जेन–जी आन्दोलनका क्रममा

सरोज यादव कसरी बने मधेशको मुख्यमन्त्री ? 

जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी सोमबार बिहान

प्रदेश प्रमुख सुवेदीबाट मधेशका जनताप्रति धोका भयो : पूर्व मुख्यमन्त्री सोनल

काठमाडौं– मधेश प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले मधेश प्रदेश प्रमुख

मधेश प्रदेश प्रमुखले बाटोमै बनाइन् एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री

काठमाडौं– मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा

तनहुँको नयाँ सहर आयोजना : २० किलोमिटर सडक कालोपत्र

तनहुँ– नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले २० किलोमिटर सडक