आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु « Khabarhub

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको निधन भएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले हालसम्म ६३ जनामा जापानीज इन्सेफलाइटिस् देखिएको र ११ जनाको मृत्यु भइसकेको बताए ।

उनका अनुसार तेह्रथुम, बारा, मोरङ, झापा, नवलपराली पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एक/एक जना तथा चितवन तीन जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये आठ वर्षका एक जना, १७ वर्षका एक जना र ४० वर्षभन्दामाथिका नौ जना रहेका छन् ।

शाखा प्रमुख डा. गौतमका अनुसार घरमा नै रहेका ३० प्रतिशत र अस्पताल जाँदाजाँदै २७ प्रतिशतमको मृत्यु भएको छ । सन् २०२४ मा जापानीज इन्सेफलाइटिस्‌बाट २५ जनाको निधन भएको थियो भने ८६ जनामा सङ्क्रमण भएको थियो ।

उनले जापानीज इन्सेफलाइटिस् खोप नलगाएकाहरूमा धेरै सङ्क्रमण देखिएको बताए । ‘हालसम्म २४ जिल्लामा ५० वटा स्थानीय तहमा यसको देखिएको छ । २४ वटा स्थानीय तहलाई उच्च जोखिमको रूपमा लिइएको छ । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ’, डा. गौतमले भने ।

उनका अनुसार नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानीज इन्सेफलाइटिस्‌विरुद्धको खोप लगाई सकिएको छ ।

कसरी सर्छ ?

चिकित्सकहरूका अनुसार जापानीज इन्सेफलाइटिस् मस्तिष्कमा सङ्क्रमण हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो ।

यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ । धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको लागि उपयुक्त प्रजननस्थल भएकाले यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुने गरेको बताइन्छ ।

जापानीज इन्सेफलाइटिस् गम्भीर अवस्थामा पुग्यो भने मस्तिष्क सुन्निने, पक्षाघात हुने, बेहोस हुने, कोमामा जाने वा ३० प्रतिशतसम्मको मृत्युसमेत हुनसक्ने डा. गौतमले बताए ।

यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने भए पनि धेरैजसो १५ वर्षमुनिका बालबालिकामा देखिने गर्दछ ।

यो रोग सङ्क्रमित हाँस, कुखुराजस्ता चराचुरुङ्गी र सुँगर–बङ्गुरजस्ता जनावरलाई टोकेका सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेमा सर्ने गर्दछ । यो रोग मानिसबाट मानिसमा भने सर्दैन । रासस

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ९ : ०९ बजे

कोशीको योजना आयोगको उपाध्यक्षमा तारानाथ निरौला

विराटनगर– कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौला

शेख हसिनाको मृत्युदण्ड फैसलाले नेपालमा किन उठ्यो तरंग ?

काठमाडौं– २०३५ चैत २१ गते पाकिस्तानमा सैनिकले ‘कू’ गरेर राष्ट्रपति

‘मौरिस हर्जोग’ पदमार्गका अस्थायी पुलमा आलोपालो आवतजावत गर्नुपर्ने अवस्था

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर जोड्ने

एमाले नेता रोक्न जेन-जीका नाममा प्रदर्शन : सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यू

कलैया, बारा- नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य

अभिनेत्री श्रेष्ठ बनिन् स्टारबोस कफीको ब्रान्ड एम्बेसडर

काठमाडौं– स्टारबोस कफीले पहिलो आउटलेट काठमाडौंको दरबारमार्गमा सञ्चालनमा ल्याएको छ ।