सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत « Khabarhub

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम धमाधम भइरहेको छ ।

सुरुङमार्ग आयोजनाका अनुसार हाल सुरुङमार्गमा टनेल लाइनिङ (भूइँ र भित्ता ढलान) को काम धमाधम भइरहेको हो । यसबाहेकका काम पनि जारी छन् ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो ।

हालसम्म यहाँको भौतिक प्रगति ५९ दशमलव ७३ प्रतिशत छ भने वित्तीय प्रगति ५१ दशमलव एक प्रतिशत रहेको आयोजना कार्यालयका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार हाल मुख्य टनेलको भूइँ भागको एक हजार ८९ मिटर ढलान (इन्भर्ट) सकिएको छ भने दायाँबायाँ ९९४ मिटर लेपन ९लाइनिङ०को काम सकिएको छ । हाल सुरुङमार्गभित्र २९२ मिटरमा लाइनिङको काम भइरहेको छ ।

सुरुङमार्गको तीन वटा बाइपासमध्ये पहिलो १५१ मिटर, दोस्रो १६१ मिटर र तेस्रो १३० मिटर छ  । पहिलो बाइपासमा १४५ मिटर इन्भर्ट र १२४ मिटर लाइनिङको काम सकिएको छ ।

दोस्रो बाइपासमा इन्भर्टको काम १५७ दशमलव आठ र आठ दशमलव तीन मिटर लाइनिङको काम सकिएको छ । यस्तै, सुरुङमार्गको तेस्रो बाइपासमा इन्भर्टको काम १२५ मिटर र लाइनिङको काम १०४ दशमलव २ मिटर भइसकेको छ ।

दुई लेनको मुख्य सुरुङमार्ग एक हजार ८९ मिटर लम्बाइको हुनेछ भने चौडाइ साढे १० मिटर र उचाइ करिब सात मिटर रहने छ । सुरुङमार्गको मुख्य टनेलमा अत्यावश्यक कामका सवारीसाधन ओहोरदोहोर गर्न मिल्ने अवस्था बनेको आयोजना प्रमुख अधिकारीले बताए ।

यहाँ २०७९ सालदेखि सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट एक हजार १२६ मिटर सुरुङमार्ग निर्माण सुरु भएको हो । आयोजनाअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ ।

सुरूङमार्ग पाँच वर्षमा सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँको लागतमा काम गरिरहेको छ । २०८३ सालमा सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १० : ०७ बजे

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित