आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना « Khabarhub

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ ।

विभागका अनुसार आज मुलुकभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहने छ । 

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ६ : १८ बजे

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास