जेन-जी आन्दोलनमा विध्वंश, ऊर्जा मन्त्री भन्छन्- २ खर्ब भन्दा धेरैको क्षति भयो « Khabarhub

जेन-जी आन्दोलनमा विध्वंश, ऊर्जा मन्त्री भन्छन्- २ खर्ब भन्दा धेरैको क्षति भयो


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङले देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् ।

शुक्रबार यातायात ब्यबस्था विभाग मीनभवनमा पुगेर श्रमदान अभियानमा सहभागी हुँदै घिसिङले देश–विदेशमा रहेका नेपाली मिलेर जेन-जी आन्दोलन क्षति भएका पूर्वाधारलाई पहिलेको अवस्थामा फर्काउँदै देश निर्माण गर्ने अभियानमा जुट्नुपर्ने बताए ।

उनले क्षति भएका पूर्वाधारलाई नेपालको पूर्वाधार हामी आफै बनाउँछौ भन्ने अभियानका साथ देशैभर सञ्चालन गरिने भएकाले त्यसमा सहभागी हुन अनुरोध गरे ।

आन्दोलनका क्रममा करिब दुई खर्ब भन्दा बढीको क्षति भएको प्रारम्भीक अनुमान गरिएको उनले जानकारी दिए । मन्त्री घिसिङले नेपालीहरूको श्रमदान र आर्थिक सहयोगमा पुन:र्निमाण गर्न कोष खडा गरिएको पनि बताएका छन् ।

पुनर्निर्माणमा विदेशमा रहेका नेपालीहरुको धेरै सहयोग आवश्यक रहेको उनले बताएका छन् ।

मन्त्री घिसिङले विदेशमा रहेका नेपालीको मताधिकार, नागरिकता तथा भिसाको समस्यालाई वर्तमान सरकारले समाधान गर्ने प्रतिवद्धता जनाए । त्यस्तै उनले छिटै मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री सुशीला कार्कीले आन्तरिक छलफल गरिरहको जानकारी दिए ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १ : १० बजे

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर